म्याद गुज्रेका अखाद्य वस्तु नष्ट
ओखलढुंगाः जिल्ला प्रशासन कार्यालयले अखाद्य वस्तु नष्ट गरेको छ । अनुगमनका क्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरुकै स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु पाइएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रमम फेला परेका वस्तु वरामद गरेर नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
अनुगमनका क्रममा म्याद गुजे्रका वस्तु प्याकिङ गरेर गाउँतिर पठाउने तयारी गरेको अवस्थामा फेला पारिएको अनुगमन टोलीले जनाएको छ । प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली बनाएर अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा उद्योग वाणिज्य संघका सचिव निबन्ध श्रेष्ठको स्टोरबाट तीन बोरा पोटेटो कुरमुरे र १४ ओटा बोरामा प्याकिङ गरिएको १० हजार ६४ प्याकेट पेनिङ कुरमुरे लगायतका म्याद गुज्रेका अखाद्य समग्री जफत गरि नष्ट गरेको प्रजिअ पन्तले बताए ।
सदरमुकास्थित रमाइलो डाँडाका २० ओटा होटल तथा पसलमा छापा मार्दा १ सय ५० लिटर घरेलु रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ र ४० लिटर घरेलु रक्सी बरामद गरिएको छ । बजारका सबै क्षेत्रमा अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !