म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

ओखलढुंगाः जिल्ला प्रशासन कार्यालयले अखाद्य वस्तु नष्ट गरेको छ । अनुगमनका क्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरुकै स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु पाइएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रमम फेला परेका वस्तु वरामद गरेर नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 

अनुगमनका क्रममा म्याद गुजे्रका वस्तु प्याकिङ गरेर गाउँतिर पठाउने तयारी गरेको अवस्थामा फेला पारिएको अनुगमन टोलीले जनाएको छ । प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली बनाएर अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा उद्योग वाणिज्य संघका सचिव निबन्ध श्रेष्ठको स्टोरबाट तीन बोरा पोटेटो कुरमुरे र १४ ओटा बोरामा प्याकिङ गरिएको १० हजार ६४  प्याकेट पेनिङ कुरमुरे लगायतका म्याद गुज्रेका अखाद्य समग्री जफत गरि नष्ट गरेको प्रजिअ पन्तले बताए । 

सदरमुकास्थित रमाइलो डाँडाका २० ओटा होटल तथा पसलमा छापा मार्दा १ सय ५० लिटर घरेलु रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ र ४० लिटर घरेलु रक्सी बरामद गरिएको छ । बजारका सबै क्षेत्रमा अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.