भाले भिडन्त
ललितपुर, पाटनको एउटा गल्लीमा एकाबिहानै ‘कुखुरी काँ’को आवाज निकालेर बास्ने एक जोडी भाले भिडन्त गरिरहेका थिए।
बगैंचामा चारो टिप्दा खोसाखोस चलेको दुई भालेबीच अन्नतः भिडन्त भएरै छोड्यो। भाले जुध्दा थुतुनोले ठुँग्ने क्रम निरन्तर चलिरह्यो। जब भालेले मुख चलाउन बन्द गर्यो र खुट्टा चलाउन थाल्यो, ठूलो भालेले सानो भालेलाई अनवरत ठुँगिरह्यो। तर, त्यहाँ भालेहरूको भिडन्त रोक्न कुनै कोही मानिस उपस्थित थिएनन्।