अनुगमनमा अस्वस्थ मासुसहित ७० वटा कुखुरा बरामद
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको अनुगमन टोलीले नगरका मासु पसलको अनुगमन गरी अस्वस्थ मासुसहित ७० वटा कुखुरा बरामद गरेको छ ।
राँझाबाटै १० किलो बराबर कुखुराको अस्वस्थ मासु र कलेजो पनि नियन्त्रणमा लिएको थियो । त्यस्तै धम्बोझी चौकबाट २९ वटा लोकल कुखुरा बरामद गरेको उपमहानगरपालिकाका निरीक्षण शाखा प्रमुख पवन कनोजीयाले जानकारी दिए ।
उनले बरामद कुखुराको मूल्यको १० प्रतिशत जरिवाना तिराएर मात्र छोडिएको बताए । टोलीले व्यवसायीलाई अस्वस्थ मासु नबेच्न सचेत पनि गराएको थियो ।
उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा.अपार पौडेल, वाणिज्य कार्यालयका कृष्ण पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगी, पशु क्वारेन्टाइनका तिलक आचार्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको थियो ।