लोक तथा दोहोरी गीत प्रतिष्ठन यूएईमा नयाँ नेतृत्व
जिके दङ्गाली
युएई : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन नेपाल , युएई शाखाको नयाँ नेतृत्व चयन भएको छ। युएईको दुबईमा सम्पन्न भएको प्रथम अधिवेशनले गोपिकृष्ण पंगेनीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति रहेको नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको हो।
समितिको उपाध्यक्षमा ओम कुमारी थयम्बु र नारायण न्यौपाने चयन भएका छन्। त्यसैगरी सचिवमा ओमकार पोख्रेल, महिला सचिव लक्ष्मी के सी, सहसचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सहकोषाध्यक्षमा गोपाल भट्टराई निर्वाचित भएका हुन्।
प्रतिष्ठानको सदस्यहरूमा प्रकाश ढकाल, नरेन सापकोटा, राजेश भण्डारी, हेमराज भण्डारी, अनिस दुवाडी, विरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह , रमेश राना, केविन जंग शाही, बिमादेवि न्यौपाने , मनु क्षेत्री, विकाश अधिकारी, होमनाथ कुवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली चयन भएका छन्।
नेपाली लोक तथा दोहोरी गितलाई विदेशमा रहेर पनि पवर्द्धन र संरक्षण गरी आफ्नो पहिचानलाई बचाई राख्ने नव निर्वाचित अध्यक्ष पंगेनीले बताए।
अधिवेशनमा नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँल, नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष तथा वैदेशिक विभाग प्रमुख रमेश बि जी र केन्द्रीय सदस्य कृष्ण आशु लगायत युएईका विभिन्न संघ संस्थाका बिशिस्ठ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस !