सदरमुकाममा दूध अभाव, एक लिटरका लागि घण्टौं लाइन

सदरमुकाममा दूध अभाव, एक लिटरका लागि घण्टौं लाइन

ओखलढुंगाः ओखलढुंगा सदरमुकाममा दूध अभाव भएको छ।उपभोक्ताको मागअनुसार दूध उपलब्ध नहुँदा अभाव भएको हो।सदरमुकाममा दूध उपलब्ध गराउने चिस्यान केन्द्रमा कृषकले दूध बेच्न छोडेपछि अभाव भएको हो। 

उत्पादन नै नभएपछि गाउँबाट किसानले दूध बेच्न सदरमुकाम ल्याउन छोडेका छन्। सदरमुकाम क्षेत्रमा दैनिक ४ सय लिटर भन्दा बढी दूधको माग छ। अहिले जिल्लाको एक मात्र चिस्यान केन्द्रमा दैनिक ५०-६० लिटर मात्रै संकलन हुने गरेकाले दूधको चरम अभाव भएको हो। दूधको अभावका कारण सदरमुकामका उपभोक्ता १ लिटर दूधका लागि घण्टौं लाइनमा बस्ने गरेका छन्। ढिला पुग्नेले दूध नै नपाउने भएपछि उपभोक्ता लाइन बस्न थालेका हुन्। 

दुई वर्षपहिले नेपाल सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत् व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सहयोग र शुभलक्ष्मी बहुउद्देश्यीय शहकारी संस्थाको व्यवस्थापनमा ७ लाख रुपैयाँमा सञ्चालित शुभलक्ष्मी दूध प्रशोधन तथा चिस्यान केन्द्र दूध अभावकै कारण बन्द हुने अवस्थामा पुगेको छ।

बेतिनी र सल्लेरी गाविसका किसानबाट दूध न्युन मात्रामा संकलन हुन थालेपछि माग धान्न नसकिएको चिस्यान केन्द्रले जनाएको छ।सदरमुकाममा उपभोक्ताको माग अनुसारको दूध उपलब्ध नभएको उपभोक्ता सञ्जय खत्रीले बताए। भने, 'चिस्यान केन्द्रमा दूध माग अनुसार पाइदैन, उत्पादन नै छैन त्यही भएर बजारमा दुख किन्न समेत नपाइने अवस्था आयो।'

खत्रीका अनुसार एक दुई घण्टा ढिला पुग्दा दूध नै नपाइने अवस्था छ। सदरमुकामकै रमाइलोडाँडा, जिविसटोल, भैरवटोल, मिलन चोकलगायतका ठाउँमा एजेन्टमार्फत् दूध वितरण गर्दै आएको केन्द्रले अहिले सो सेवा पनि बन्द गरिसकेको छ। 

सदरमुकाम आसपासका गाविसमा गाईँ भैँसी पाल्ने किसान घटेसँगै पर्याप्त दूध संकलन हुन नसकेको चिस्यान केन्द्र व्यवस्थपन सहकारीले जनाएको छ। बजारमा दूध नपाएपछि बालबच्चालाई खुवाउन समेत समस्या रहेको अर्का उपभोक्ता नबराज दाहालले बताए।दूध उत्पादन गर्ने किसानहरु गाउँमा समेत घटेपछि समस्या आएको उनको बुझाइ छ। 

जिल्लाका पश्चिमी क्षेत्र कटुञ्जे, हर्कपुर, प्राप्चा, च्यानाम लगायतका क्षेत्रमा गाईँ भैँसी पाल्ने किसानको संख्या उल्लेख्य भएपनि हिउँद समयमा सो क्षेत्रको दूध गाउँमै खपत हुने भएका कारण किसानले दूध बेच्न मानेका छैनन्। 

चिस्यान केन्द्र व्यवस्थापन गरिरहेको शुभलक्ष्मी सहकारीले दूध व्यवस्थापन समिति बनाएर चिस्यान केन्द्र व्यवस्थित गर्ने योजना बनाएको जनाएको छ।सहकारीले दूध व्यवस्थापन  समिति नै बनाएर दूध संकलन गर्ने योजना बनाएको समितिका सदस्य पूर्णकुमार श्रेष्ठले बताए। भने, 'जिल्लामा अन्य चिस्यान केन्द्र नभएकाले दूध आयत नहुने भएकाले भइरहेका चिस्यान केन्द्रलाई व्यवस्थित बनाएर दूध आपूर्ति गर्ने काम सुरु भएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.