यसरी मनाइँदै छ धान दिवस (फोटोफिचर)
काठमाडौं : आज असार पन्ध्र अर्थात् धान दिवस।देशभर धान रोपेर यो दिवस मनाइँदैछ।धान दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी मनाँइदैछ।कार्यक्रममा कृषि मन्त्रीदेखि रक्षामन्त्रीसम्मले धान रोप्ने कार्यक्रम रहेको छ।
यसैक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शुक्रबार धान रोपाइँमा सहभागी भएका छन्।युवा संघ र वाईसीएलको संयुक्त आयोजनामा बूढानिलकण्ठमा आयोजना गरिएको कार्यक्रममा पोखरेलले धान रोपी दिवस मनाएका छन्।
यो वर्ष सरकारले 'धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि' नारासहित विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदैछ।कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कपिलवस्तु, राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन्।


यस्तै कृषि सचिव डा.युवकध्वज जिसी दक्षिणकालीमा सहभागी हुँदैछन्।नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र प्रमुख राजनीतिक दलसम्बद्ध किसान संगठनहरूले पनि छुट्टै धान दिवस मनाउने तयारी गरेको छ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शुक्राबार धान रोपाइँमा सहभागी भएका छन्।युवा संघ र वाईसीएलको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा पोखरेलले धान रोपी दिवस मनाएका छन्।

बुटवलमा रोपाइँ कार्यक्रममा सभागी महिला। तस्बिर : लक्ष्मण पोखरेल
आजको दिन नेपालीहरुले पर्वको रुपमा पनि मनाउने गरेका छन्। यो दिन दही चिउरा खाने चलन रहिआएको छ।त्यस्तै असार १५ को दिन हिलो छुनै पर्ने मान्यता पनि रहि आएको छ ।
प्रतिक्रिया दिनुहोस !