बालिका बलात्कार आरोपित पक्राउ
ओखलढुंगा : सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई प्रहरीले पक्रेको हो। श्रेष्ठमाथि ७ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोप छ।
बिहीबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा बालिकालाई बलात्कार गर्ने प्रयास गरिरहेको अभिभावकले भेटेपछि आरोपितलाई प्रहरी चौकीमा बुझाइएको थियो। परिवारका सदस्य कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गर्न खोज्दाखोज्दै आफन्तले प्रहरीलाई बुझाएका हुन्।
आरोपित श्रेष्ठलाई अनुसन्धानका लागि हिरासतमा राखेर बालिकाको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !