सडक बन्दले जनतालाई सास्ती

सडक बन्दले जनतालाई सास्ती

कुस्मा : धौलागिरिका चार जिल्लालाई संघीय तथा प्रदेश राजधानीसँग जोड्ने एक मात्र सडक स्तरोन्नतिका लागि बन्द गरिँदा यात्रु समस्यामा परेका छन् । मध्यपहाडी लोकमार्गको पर्वत खण्ड र कास्की खण्डमा फरक फरक समयमा दैनिक ७ घण्टा बन्द गरिँदा यात्रु सास्ती खेप्न बाध्य छन् । पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवाको भीर र मोदी गाउँपालिकामा पर्ने डिमुवा माहुरीभीरमा सडक फराकिलो बनाउने क्रममा सडक बन्द गरिएको छ ।

कुस्मा नगरपालिकाको खरेहा खोलादेखि मोदी गाउँपालिकाको अँधेरीखोलासम्म बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सडक बन्द भइरहेको छ भने दिउँसो १ बजेदेखि ४ बजेसम्म पनि सडक बन्द गरिएको छ । साँझ ६ बजेदेखि राति ८ बजेसम्म पनि सडक बन्द गरेर निर्माणको कामलाई निरन्तरता दिएको छ ।

निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले माहुरीभरका २ स्थानबाट सडक फराकिलो बनाउने काम भइरहेको बताए ।

अझै थप एक्स्काभेटर परिचालन गरी दुवै ठाउँमा ३÷३ ठाउँबाट सडक फराकिलो बनाउने काम तीव्र रूपमा रहेको भुसालले बताए । ‘वर्षायाममा यात्रुको चाप कम हुने र सवारीसाधन पनि पातलो चल्ने कारणले सात घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको हो’, प्रोजेक्ट म्यानेजर भुसालले भने ‘दुवै कठिन भीरमा २ महिनाभित्रैमा काम सक्ने लक्ष्य राखेर काम गर्दै छौं ।’

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । उसले अहिलेसम्म १२ प्रतिशत काम सकिएको जनाएको छ ।

यात्रुलाई पनि लगातार बन्द गर्दा समस्या पर्ने भएकाले सडक पनि निर्माण हुने र यात्रुलाई समस्या नहुने गरी बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला गुरुदत्त ढकालले बताए । चुवा र माहुरी भीरमा पनि सकेसम्म वैकल्पिक सडक बनाएर आवागमन सहज बनाउने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा पर्ने कास्की खण्डमा पनि सडक बन्द गर्दा झनै समस्या आएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको गिरिचोक नजिक सडक बन्द गर्दा यात्रु दोहोरो मारमा परेका छन् । पर्वत खण्डमा बन्द खुलेर पुग्ने सवारी साधनका कारण उही समय तालिकामा सडक बन्द गर्न समस्या भएको निर्माण कम्पनी एपेक्स कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.