सुनसरीमा भारतीय जीप दुर्घटना, ६ जनाको मृत्यु

सुनसरीमा भारतीय जीप दुर्घटना, ६ जनाको मृत्यु

इटहरी  : सुनसरीको कोशी कटानमा भारतीय सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् । इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो ।

दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६ जनाको ज्यान गएको छ भने घाइते तीनमध्ये अन्य दुईको अवस्था गम्भीर छ् । मृत्यु हुनेमा ७ वर्षका गोनुकुमार र ४० वर्षका सञ्जीव कुमारको नाम खुलेको छ । अरुको पह्चिान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

दुर्घटनालगतै नजिकै रहेको प्रहरी चेकपोइन्टका प्रहरी टोलीले उनीहरुको उद्धार गरेर अस्पताल पु¥याएको थियो । तीन जनाको जिल्ला अस्पताल इनरुवामा र तीन जनाको विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.