वर्षाले सडकमै पहिरो

वर्षाले सडकमै पहिरो

भोजपुर : अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडक अवरुद्ध बनेका छन् । दुई दर्जनभन्दा बढी ग्रामीण सडकमा पहिरो झर्न थालेपछि यात्रुलाई आउजाउ गर्न सास्ती भएको छ ।

आमचोक गाउँपालिका–१० पाङ्चा राङ्चास्थित बालंखा–रानीटार सडक २०–२२ मिटर उचाइको पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । ५ र १० मिटर दूरीमा पहिरो झरेपछि एस्काभेटर लगाएर हटाउने काम भइरहेको जनाइएको छ ।

हतुवागढी गाउँपालिका–९ हसनपुर साफिङटारस्थित घोडेटार–मचुवाटार सडकमा मंगलबार बिहान पहिरो झरेपछि यातायात ठप्प भएको छ । पहिरो हटाउन प्रहरी चौकी हसनपुरबाट टोली खटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोमबार राति साल्पासिलिछो गाउँपालिका–२ कुलुङ देउरालीमा उत्तरी कुलुङबाट छिमेकी जिल्ला संखुवासभाको ताम्लुक जोड्ने सडकमा पहिरो जाँदा स्थानीय लीलामाया विश्वकर्माको घर जोखिममा परेको प्रहरीले जनाएको छ । पहिरो खसेको स्थानबाट १६ मिटर दूरीमा रहेको घरका परिवारलाई स्थानीय विमला विश्वकर्माको घरमा सुरक्षितका साथ राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।

भोजपुर नगरपालिका–७, खप्परेभीर बस्ने चन्द्रबहादुर तामाङको सुँगुर खोर पहिराले पुँरिएको छ । एउटा सुँगुर पुरिएर मरेको प्रहरीले जनाएको छ । छिमेकी जिल्ला खोटाङ जोडिने ४२ किलोमिटर दूरीको पुष्पलाल मध्यपहाडी लोकमार्ग सडक हिलाम्मे बनेपछि ठूला यातायातका साधन चल्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.