अस्पतालमै हुँदैन फोहोर व्यवस्थापन

अस्पतालमै हुँदैन फोहोर व्यवस्थापन

काठमाडौं : स्वास्थ्य सेवा विभागले निजी तथा सरकारी अस्पतालमा गरेको अनुगमनबाट अस्पतालहरूले मेडिकल र अन्य फोहोरको उचित व्यवस्थापन नगरी बेवास्ता गरेको र स्विपरकै भरमा छाडेको खुलेको छ। अस्पतालले अन्य फोहोरभन्दा हानिकारक रसायनजन्य मेडिकल फोहोरको व्यवस्थापन नगर्दा वातावरण प्रदूषित बनिरहेको पाइएको छ।

सरकारी तथा निजी अस्पतालले प्रयोग गरेका रसायनयुक्त फोहोर सामान्य फोहोर जस्तै गरी जथाभावी फाल्दा विभिन्न किसिमका संक्रमण र रोग फैलिने गरेको स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक सृजना श्रेष्ठले बताइन्। रसायनजन्य फोहोरको व्यवस्थापन स्विपरको जिम्मामा छाड्नु अस्पतालहरूको ठूलो लापरवाही भएको विभागको निष्कर्ष छ। उनले भनिन्, ‘विभागको अनुगमनमा अधिकांश सरकारी तथा निजी अस्पतालले फोहोर व्यवस्थापन नगरेको पाइएको छ।’

विभागको अनुगमनमा अस्पतालहरूले फोहोर वर्गीकरण नगरी, सुइ, प्लास्टिक, रगत, रसायनयुक्त वस्तु, औषधिजन्य वस्तु, ब्लेड, मर्करीलाई अन्य फोहोरसँग मिसाएको र उचित व्यवस्थापन नगरेको देखिएको छ। वातावरण विभागले गरेको अनुगमनमा अस्पतालहरूले घातक प्रकृतिको फोहोर व्यवस्थापन गर्ने प्रक्रिया गलत रहेको पाइएको छ। स्वास्थ्य सेवा विभागले फोहोरको उपयुक्त व्यवस्थापन गर्न अस्पतालहरूलाई बारम्बार पत्राचार गरिसकेको जनाएको छ।

अनुगमन क्रममा अस्पताल प्रशासन, डाक्टर, नर्स र स्वास्थ्यकर्मीसँग फोहोरको व्यवस्थापन कसरी गरिएको छ भन्ने प्रश्नमा सबैले स्विपरलाई देखाएको श्रेष्ठले बताइन्। उनले भनिन्, ‘अस्पतालमा प्रयोग हुने मर्करी, सुइ, रसायनयुक्त वस्तु, प्लास्टिक, रबर र रगत तथा पिपसहितका रुवा, कपडाको उचित व्यवस्थापन नहुँदा वातावरण र जनस्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ।’ उनका अनुसार फोहोरको वर्गीकरण गरी वैज्ञानिक व्यवस्थापन गर्न पटक पटक सुझाव दिए पनि अस्पतालहरूले व्यवस्थापन गरेका छैनन्।

 ‘अनुगमनमा अधिकांश सरकारी तथा निजी अस्पतालले फोहोर व्यवस्थापन नगरेको पाइएको छ।’ -सृजना श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक, स्वास्थ्य सेवा विभाग

वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले अस्पताल प्रशासनले फोहोर फाल्ने भाँडाहरू देखिने गरी राखे पनि अस्पताल भवनका पछाडि मेडिकललगायत सबै फोहोर एकै ठाउँमा थुपार्ने गरेको बताए। उनले राख्ने गर्छ त्यो कम्जोरीले गर्दा मानवस्वास्थ्यमा मात्र नभएर वातावरणलाई नराम्रो असर पार्ने गरेको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले बताए।

स्वास्थ्य सेवा विभागले अनुगमनको प्रतिवेदन बिहीबार सार्वजनिक गरी काठमाडौं उपत्यकाका दर्जनभन्दा बढी अस्पताललाई फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न सुझाव दिएको छ। विभागले प्रतिवेदन सार्वजनिक कार्यक्रममा अस्पतालको फोहोरले पार्ने प्रभाव र फोहोर व्यवस्थापनबारे कानुनी प्रावधानसहित अस्पतालहरूलाई सुझाव दिएको हो। कार्यक्रममा त्रिवि शिक्षण, सैनिक, वयोधा, मेडिकेयर, ग्रान्डी, नर्भिक, अल्का, निदान, बीएन्डबीलगायत अस्पतालका अधिकारीसमेत उपस्थित थिए।

फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोर उत्पादन गर्ने व्यक्ति वा निकायले नै उक्त फोहोर व्यवस्थान गर्नु पर्ने उल्लेख गरेको छ। वातावरण संरक्षण ऐन र नियमावलीले समेत फोहोर व्यवस्थापनमा कडाइ गरेको छ। फोहोर छुट्याउने, मात्रा घटाउने, मर्करीको साटो डिजिटल उपकरणको प्रयोग बढाउनु पर्ने र स्वास्थ्यकर्मीलाई फोहोर व्यवस्थापनमा सचेत गराउन विभागले अस्पतालहरूलाई सुझाव दिएको छ।

अस्पतालले फोहोर व्यवस्थापन नगरे कडाइपूर्वक कारवाही गर्ने वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयले तयारी थालेका छन्। फोहोर न्यूनीकरण र पुनःप्रयोग गरेर वातावरण प्रदूषण न्यून गर्न सबै स्वास्थ्य संस्था र अस्पताललाई सचेत गराएको वातावरण विभागको वातावरण प्रदूषण नियन्त्रण तथा अनुसन्धान शाखा प्रमुख शंकरप्रसाद पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.