तीन जिल्लामा आयोजना कार्यान्वयन इकाइ खुल्दै
भूकम्पपछिको पुनर्निर्माणलाई तीव्ररुपमा अघि बढाएका छौं : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तीव्रता दिइएको बताएका छन्। गृहमन्त्री रमेश लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकले जाजरकोट,डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन,पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले तीव्ररुपमा अघि बढाएको जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै गृहमन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट,डोटी र बझाङमा पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए।
गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ,२४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ । जाजरकोटमा गत २०८० कार्तिक,बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।
'हामीले बितेको ६ महिनामा विस्तृत क्षति आंकलन र नीजि घरहरूको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने,नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ,'गृहमन्त्री लेखकले भने,'अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट नीजि घरहरूमा भएको क्षति आंकलन गर्ने काम अगाडि बढ्नुका साथै पुर्ननिर्माण र पुर्नस्थापनको काम अगाडि बढाउँछौं ।'
गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । 'पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक वर्ष बितिसक्दा पनि क्षति आकंलन गर्ने र पुर्ननिर्माण एवं पुर्नस्थापना अगाढी बढ्ने सकेको स्थिति थिएन,'उनले भने।
प्रतिक्रिया दिनुहोस !