आज डडेलधुरा,दिपायल र जुम्लामा पानी पर्ने संभावना, अन्त कहाँ-कहाँ हुँदैछ वर्षा ?
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)को प्रभाव सामान्य रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका एक /दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको जनाइएको छ।
आज राती भने कोशी,बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/ चट्यासहित हल्का वर्षाको संभावना छ।
यसैगरी आज डडेलधुरा,दिपायल र जुम्लालगायत स्थानमा पार्नी पर्ने संभावना रहेको छ। जनकपुरमा आज सबैभन्दा बढी तापक्रम २९ डिग्रीसम्म रहने नेपाल मनसुन पूर्वानुमानमहाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस दुई डिग्रीसम्म पुग्ने संभावना छ।
प्रतिक्रिया दिनुहोस !