मदाने बन्यो उत्कृष्ट गाउँपालिका

मदाने बन्यो उत्कृष्ट गाउँपालिका

तम्घास :  गुल्मीको दुर्गम क्षेत्रमा रहेको मदाने गाउँपालिका कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको छ । सुगमका स्थानीय तहलाई उछिन्दै चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको कार्यसम्पादनको आधारमा मदाने जिल्लाकै पहिलो बनेको हो । विभिन्न योजनाहरुको कार्यसम्पादन र वित्तिय प्रगतीको आधारमा पालिका उत्कृष्ट भएको जिल्ला सम्वन्य समितिले जनाएको छ ।

जेठसम्म ७५ प्रतिशत वित्तिय प्रगती भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । ‘१२ स्थानीय तहमध्ये धेरै भूक्तानी दिनेमा हामी रहेछौँ’,उनले भने,‘काम गर्ने हौसला अझै बढेको छ ।’ कार्यरत विभिन्न विषयगत क्षेत्रका कर्मचारी, जनप्रतिनिधीहरुको एकताले नै गाउँपालिकालाई राम्रो बनाउन प्रेरणा मिलेको उनले अनुभव सुनाए ।

गतवर्षको पहिलो आर्थिक वर्षमै नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन हुनुपूर्व समुदाय स्तरमा पुगेर स्थानीयलाई सचेत गराएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए ।

‘जनप्रतिनिधी र कर्मचारी समुदायमा पुगेर उपभोक्ता समितिलाई अभिमुखीकरण गरायौँ’,उनले भने,‘काम गर्दा अप्ठ्यारो परेको खवर धेरै सुन्न परेको छैन् ।’ योजना सम्झौता, भूक्तानी प्रक्रिया, योजना संचालन गर्ने तरिका लगाएत विषयमा उपभोक्ता समितिलाई शुरुमै सचेत गराइएको छ ।

गाउँपालिकाले जेठ मसान्तसम्म १३ करोड २८ लाख ५२ हजार चारसय ८८ रुपैयाँ पूँजिगत बजेटमध्ये ९ करोड ९६ लाख ३९ हजार ३ सय ६६ रुपैयाँ भूक्तानी गरिसकेको जनाएको छ । विभिन्न क्षेत्रका ४ सय ९७ वटा योजनाहरुमध्ये ३ सय ८० वटा सम्पन्न भइसकेको छ ।

गाउँपालिका केन्द्र पुर्कोटदहमा शुरुमा भूक्तानीका लागि बैंकहरु नहुँदा समस्या भएको थियो । हाल कृषि विकास बैंक संचालनमा रहेको छ । तर, उक्त बैंकले पनि समयमै भूक्तानी दिन सकिरहेको छैन् ।

भौतिक पूर्वाधार र सदरमुकाम तम्घादेखि धेरै टाढाको दुरीमा रहेको गाउँपालिकाले आगामी वर्षमा कार्यसम्पादनलाई अझ विश्वसनीय र छिटो छरितो बनाउने लक्ष्य लिइएको कर्मचारीले बताएका छन् । कार्यसम्पादन र वित्तिय प्रगतीलाई हेर्दा जिल्लामा सवैभन्दा कमजोर मालिका गाउँपालिका अर्खावाङ देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.