गोठ भत्किँदा पाँच गाईवस्तु मरे
भोजपुर : अविरल वर्षाका कारण ढुंगा र माटोले बनेको ग्वाली गोठ भत्किँदा पौवादुङ्मा गाउँपालिका -२ तिवारीभञ्ज्याङ छेसाङ निबासी डम्बर राईको गोठमा बाँधिएका आधा दर्जनभन्दा बढी गाईवस्तु मरेका छन्।
शुक्रबार बिहान फुसको छानो भएको २ तले ग्वाली गोठ भत्किँदा गोठमा बाँधेर राखेको ब्याउन लागेको एउटा गाई, बाछो, दुईटा बाख्रा र पाठी मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
केही दिनको वर्षातले ढुंगा र माटोले बनेको उक्त पुरानो गोठ भत्किँदा राईको २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।