बिक्न छाड्यो घिउ र छुुर्पी

बिक्न छाड्यो घिउ र छुुर्पी

फिदिम : छुुर्पी र नौनी घिउ बिक्न छाडेपछि फाल्गुुनन्द गाउँपालिकाको नवमीडाँडाका डेरी सञ्चालक निराश छन्। किसानले उत्पादन गरेको दूध संकलन गरी तयार पारिएको छुुर्पी र घिउ बिक्न छाडेपछि डेरी सञ्चालक मारमा परेका हुुन्। डेरीबाट छुुर्पी र घिउ नबिकेपछि किसानको दूधले पनि बजार पाउन छाडेको छ। विगत पाँच महिना यता छुुर्पी र घिउ बिक्री गर्न नसकिएको तिम्सिना डेरी उद्योगका सञ्चालक नारायण तिम्सिनाले जानकारी दिए। ‘घिउ र छुुर्पीले बजार नपाउँदा हामीले ठूलो नोक्सानी बेहोर्नुु परेको छ’, तिम्सिनाले भने,‘स्थानीय बजारमा घिउ र छुुर्पीको माग हुुनै छाडेको छ।’ बजार मागभन्दा उत्पादन बढी भएको भन्दै स्थानीय व्यापारीले डेरीबाट छुुर्पी र घिउ खरिद गर्न नमानेपछि घिउ र छुुर्पी बिक्न छाडेको हो। ‘स्थानीय व्यापारीले नै सबै उत्पादन खरिद गर्ने भएकाले बजारको अर्को विकल्प खोजिएको थिएन’, तिम्सिनाले भने पहिले खरिद गर्ने व्यापारीनै अहिले खरिद गर्न नमानेपछि हामी मारमा परेका छौं।’

नवमीडाँडामा मात्रै ११ वटा डेरी सञ्चालनमा छन्। किसान व्यावसायिक रूपमा पशुुपालनमा लागेपछि दूध उत्पादन ह्वातै बढेको छ। गाउँमा दूध उत्पादन गर्र्ने किसानको संख्या बढेसँगै डेरी पनि थपिएका हुुन्। यहाँका प्रत्येक डेरीले महिनामा सरदर अढाइ क्विन्टल छुुर्पी र घिउ उत्पादन गर्दै आएका छन्। पछिल्लो समय अधिकांश डेरीले छुुर्पी र घिउ बिक्री गर्न नसकेका हुुन्। ‘स्थानीय बजारमा बिक्री लाग्नै छाड्यो’, तिम्सिनाले भने। बजार मागभन्दा धेरै मात्रामा घिउ र छुुर्पी बजार आउन थालेको भन्दै व्यापारीले खरिद गर्न नमानेका हुुन्। व्यापारीले खरिद गर्न आनाकानी गर्ने र सस्तोमा खोज्ने डेरी सञ्चालकको भनाइ छ।


डेरीबाट छुुर्पी र घिउ नबिकेपछि किसानको दूधले पनि बजार पाउन छाडेको छ।

पाँच महिना अघिसम्म घिउ प्रतिकिलो पाँच सय र छुुर्पी प्रतिकिलो नौ सय ५० रुपैयाँमा बिक्री हुन्थ्यो। अहिले बिक्री हुुन नै मुुस्किल परेको छ। बिक्री भए पनि सस्तो मूल्यमा व्यापारीलाई दिनुुपर्ने बाध्यता छ। ‘व्यापारीले तोकेको मूल्यमा घिउ छुुर्पी दिनुुपर्ने व्याध्यता छ’, तिम्सिना भन्छन्, ‘व्यापारीले तोकेको सस्तो मूल्यमा नदिए बिक्री नै लाग्दैन।’ स्थानीय सरकारले घिउ र छुुर्पी बिक्री गर्न बजार खोजिगरिदिनुुपर्ने किसान बाताउँछन्। डेरीबाट घिउ र छुुर्पी बिक्री नभएपछि डेरीले पनि किसानले उत्पादन गरेको दूध खरिद गर्न नसक्ने स्थित आएको छ। डेरीले दूध खरिद नगर्दा आम्दानीको बाटो नै बन्द हुुने किसानको चिन्ता छ।

स्थानीय बजार मागभन्दा उत्पादन धेरै हुुन थालेपछि छुुर्पी र घिउको बजारभाउमा गिरावट आएको फाल्गुुनन्द १ का वडाध्यक्ष होम आङ्देम्बेले बताए। ‘मूल्य घटाउन व्यापारीले कृत्रिम रूपमा समस्या देखाएको हुुन सक्छ’, आङ्देम्बेले भने, ‘त्यसको अध्ययन भइरहेको छ। किसानको आम्दानीको बाटो बन्द नहोस् भनेर वैकल्पिक बजारको खोजिमा स्थानीय सरकार लागेको छ।’ गाउँबाट घिउ र छुुर्पीको उत्पादन वृद्धि भएपछि मूल्य घटाउन व्यापारीले कृत्रिम समस्या सिर्जना डेरी सञ्चालकको ठम्याइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.