निर्णय उल्टाएर सरकारले मुडभेड निम्त्याउँदै छ : देउवा

निर्णय उल्टाएर सरकारले मुडभेड निम्त्याउँदै छ : देउवा

रामेछाप : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले गरेका निर्णय उल्टाएर केपी ओली नेतृत्वको वर्तमान सरकारले मुडभेड निम्त्याउन खोजेको बताएका छन् ।

प्रेस युनियन रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले सरकार प्रजातान्त्रिक मान्यतालाई कुल्चिएर निरंकुशतातर्फ उन्मुख भइरहेको आरोप समेत लगाए । 

देउवाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न समेत रोक लगाउने गरी सरकार उत्रिनु निरंकुशताको बाटोमा लागेको बताए । विगतमा आप्mनो सरकारले गरेका राजनीतिक नियुक्ति उल्टाउने कार्य आपूmलाई कुनै हालतमा स्विकार्य नहुने देउवाले बताए । सरकार हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्ने हिसाबले उत्रिएको बताउँदै भने,‘ यसको कांग्रेसले कडा प्रतिवाद गर्ने छ । 

फरक प्रसंगमा बोल्दै देउवाले वर्तमान सरकार भारत र चीनसँग लम्पसार परेर उत्रिएको बताए । उनले चीनबाट नेपालमा रेल आउने कुरा सपना मात्रै भएको बताउँदै त्यो पूरा नहुने बताए । 
सभापति देउवाले नेपाली कांग्रेसभित्र अब कुनै गुट नहुने दाबी गरे । उनले कांग्रेस भित्रको गुट अन्त गर्नका लागि आपूm खटिरहेको बताए । ‘अब कांग्रेस एक ढिक्का भएर अघि बढ्ने छ’, उनले भने ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.