कांग्रेसले थाल्याे राष्ट्रिय अभियान

कांग्रेसले थाल्याे राष्ट्रिय अभियान

प्युठान : नेपाली कांग्रेसले पार्टीलाई जीवन्त बनाउन विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई स्वतन्त्र सेनानी सम्मान कार्यक्रमबाट सम्मानित गरेको छ । देशभर संचालन हुने सम्मान अभियान शनिवारदेखि प्यूठानबाट शुरु भएको हो । मूक्ती सेनाका कमान्डरदेखि विभिन्न समयमा जेल जीवन बिताएका पार्टीका नेता, कार्यकर्ताहरूलाई सम्मान प्रदान गरिएको छ । ‘स्वतन्त्रता सेनानी सम्मान अभियान’ मार्फत जिल्लाका ६५ जनालाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

पार्टीलाई उचाईमा पुर्‍याउन आ–आफ्नो क्षेत्रबाट विशेष योगदान गरेका व्यक्तिहरूलाई जिल्ला समितिले छनौट गरेको थियो । पार्टीकै कामको शिलशिलामा विपक्षी दलका कार्यकर्ताको कुटाइले मृत्युलाई जितेर बाँचेका जिल्लाका दुईजना ‘जिउँदा सहिद’को रूपमा सम्झेर समेत कांग्रेसले सम्मान गर्‍यो । झिमरुक गाउँपालिका–२ बाँदीकोटका नोम बहादुर थापा र माण्डवी गाउँपालिका–२ मर्कावाङका मान वहादुर वलीले सम्मान पाएपछि खुसी थपिएको अनुभव सुनाए । थापा तत्कालिन समयमा नेकपा मसाल र वली माओवादीको खुकुरी प्रहारबाट जोगिएका थिए ।

अग्रजले देखाएको सही मार्गमा डोर्‍याउन सम्मान अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कांग्रेसका केन्द्रिय सदस्य एवं अभियानका संयोजक प्रदीप पौडेलले विश्वास व्यक्त गरेका छन् । प्यूठान नगरपालिका–९ स्थित मरन्ठानाबाट थालिएको अभियान देशैभरि सञ्चालन गर्ने योजनामा रहेको उनले सुनाए । जनताको स्वतन्त्रताका लागि योगदान गरेका २००६ सालदेखिका अग्रजहरूलाई पहिलोपटक सम्मान कार्यक्रम ल्याइएको कांग्रेसले जनाएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक डा.गोविन्दराज पाखरेलले कांग्रेस जन्माउनेहरूको अभिलेख तयार गर्न सम्मान अभियानले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । फूटेको कांग्रेसलाई एक ढिक्कामा उभ्याउन यस्ता अभियानको सार्थकता रहने कार्यकर्ताहरूले विश्वास व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.