कारको ठक्करबाट मोटरसाइकलमा सवार तीन घाइते

कारको ठक्करबाट मोटरसाइकलमा सवार तीन घाइते

बिर्तामोड : झापाको दमकमा कारको ठक्‍करबाट मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्। आइतबार साँझ दमक नगरपालिका ४ मा को १ च ८४८१ नम्बरको कारले ना ३२ प ६४७९ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिंदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी- ८ का २२ वर्षीय दिपक चौधरी, सोही ठाउँका २१ वर्षीय मनिष श्रेष्ठ र १४ वर्षीय मनोज श्रेष्ठ घाइते भएका हुन्।

घाइते तीनैजनालाई उपचारका लागि दमक र विराटनगर पठाइएको प्रहरीले जनाएको छ।ठक्‍कर दिने कारका चालक झापा दमक नगरपालिका- ४ का केदार ओझालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.