सुन तस्करी र सनम हत्या प्रकरणः थप तीनजना थुनामा, अन्य तीनसँग धरौटी

सुन तस्करी र सनम हत्या प्रकरणः थप तीनजना थुनामा, अन्य तीनसँग धरौटी

विराटनगर: सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएकामध्ये तीनजना सोमबार जिल्ला कारागार मोरङ चलान भएका छन् । 

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पूरक अभियोग लगाइएका सातजना मध्ये तीनजनालाई तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएपछि उनीहरुलाई कारागार चलान गरिएको हो । 

पूरक अभियोग लगाइका तीनजना अदालतले मागेको धरौटी बुझाएर छुटेका छन् । एकजना फरार छन् । अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार काठमाडौं १६ स्वयम्भूका ५४ वर्षीय फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, काठमाडौं–६ गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौँ–९ का ३४ वर्षीय मदन सिलवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

उनीहरुलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोवस्ती ११८ को देहाय २ का आधारमा पुर्पक्षका लाथि थुनामा राख्न आदेश भएको जानकारी दुलालले दिए । 

त्यस्तै  अदालतले मोरङ उर्लाबारी ५ का ३८ वर्षीय रेवत भनिने रेवन्तकुमार आचार्यसंग एक लाख २१ हजार पाँच सय रुपैयाँ, झापा दमक ९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट १ का ४३ वर्षीय मोतीराम श्रेष्ठसंग एक-एक लाख रुपैयाँ धरौटी माग गरेको छ । आचार्य, अधिकारी र श्रेष्ठ अदालतले मागेको धरौटी रकम बुझाएर छुटेका छन् । 

सरकारी वकिल कार्यालय मोरङले अदालतमा एक जना फरार सहित बुधबार सातजनालाई प्रतिवादी बनाएर पूरक अभियोग दर्ता गरेको थियो । उनीहरु विरुद्ध अपराधिक समूह स्थापना र संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक तथा कर्तब्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरिएको हो । प्रतिवादी बनाएर पूरक अभियोग लगाइएका मध्ये सन्दीप खड्का हाल सम्म फरार रहेका छन् । 

अभियुक्तसँग बयान लिने काम सकिएपछि न्यायाधीश शर्माको इजलासमा आइतबारदेखि मुद्धाको थुनछेक बहस भएको थियो । दुई दिनको थुनछेक बहस सकिएपछि अदालतले उनीहरुका सम्बन्धमा आदेश दिएको हो । वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका सहायक न्याधिवक्ताहरु पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेलले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट १५ जना कानुन व्यवसायीहरुले प्रतिरक्षामा बहस गरेका थिए । 

सुन तस्करी र सनम हत्या प्रकरणको अनुसन्धानका क्रममा पहिलो चरणमा गत बैशाख १९ गते ६३ जना विरुद्ध मुद्धा दायर गरिएको थियो । प्रतिवादी बनाइएका ६३ जना मध्ये मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती सहित ३१ जनालाई थुनामा राख्न अदालतले आदेश दिएको छ । 

एक जना धरौटी र एक जना साधारण तारेखमा छुटेका छन् । ३० जना अझै फरार रहेका छन् । यही मुद्धामा जोडिंदै आएकाहरुलाई भने प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेको हो । जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले यही प्रकरणमा मुछिएकाहरुलाई क्रमस पूरक अभियोग लगाउँदै जाने जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.