जाजरकोटमा स्वास्थ्य सेवा ठप्प

जाजरकोटमा स्वास्थ्य सेवा ठप्प

जाजरकोट : तलबको माग गदै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै उनीहरु कडा रुपमा आन्दोलनमा उत्रिएका हुन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । दुई सातादेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले मंगलबार सदरमुकाममा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा केही बेर धर्ना समेत दिएका हुन् ।

जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको दुई साता बितिसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा कुनै चासो देखाएको छैन । हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीले लामो समयदेखि तलब खान नपाउँदा आन्दोलनमा उत्रिएको बताएका छन् ।

तीन साताअघि कालो पट्टी बाँधेर विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले गत दुई सातादेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका हुन् । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ । उपचारका लागि अस्पताल आउने सयौं बिरामी उपचार नपाएर फर्कन बाध्य छन् ।

समयमा निकासा नहुँदा  जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् । यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी स्वास्थ्य संस्था स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताउँछन् ।

भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले फागुनदेखि तलबभत्ता र पुसदेखि अतिरिक्त भत्ता खान नपाएको  जाजरकोट अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताए । 

‘भोको पेटले कसरी काम गर्न सकिन्छ । आर्थिक वर्ष सकिन लाग्दा पनि तलब निकासाबारे कुनै टुङ्गो लाग्न सकेको छैन’ हाम्रो कुरालाई कुनै पनि निकायले गम्भीरतापूर्वक लिन नसक्नु दुर्भाग्य हो’, उनले अन्नपूर्णसँग भने ‘तलब नपाउँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ । हामी उपचार सेवा ठप्प पाछौं । हामी काम गदैनौं ।’

जिल्ला अस्पतालमा कार्यरत ५७ स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी र नगरपालिकामा कार्यरत ३४ जना स्वास्थ्यकर्मीले अहिलेसम्म तलब भत्ता पाउन नसकेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.