भूकम्पपीडितलार्इ एकीकृत आवास

भूकम्पपीडितलार्इ एकीकृत आवास

कुश्मा :  विनासकारी भूकम्पका कारण जोखिममा परेको पर्वतको फलेबास नगरपालिका वडा न ८ ठानामौला स्थित अर्चलेको दलित बस्तीलाई नजिकै एकीकृत बस्ती निर्माण गरिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा अर्चलेका १२ घरलाई नजिकै छतिवन टारीमा एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने तयारी भएको हो।

पहिरोको उच्च जोखिममा रहेको बस्तीका १७ घर भूकम्पमा पूर्ण क्षति भएका थिए भने अन्य ३ घर समेत जोखिममा रहेका कारण बस्ती स्थानान्तरण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ पर्वतले जानकारी दिएको छ।

भूगर्भविद्ले अर्चलेको उक्त दलित बस्ती उच्च जोखिमयुक्त भएकाले स्थानान्तरण गर्न सुझाव दिएका थिए। जोखिममा रहेका १२ घर स्थानान्तणका लागि छतिवनको टारीमा एकीकृत आवास निर्माण गर्न २७ रोपनी जमिन सामूहिक रुपमा खरिद गरिएको छ।

‘सामूहिक जमिन खरिद गरिएको स्थानमा एकीकृत आवास बनाउने प्रक्रिया छिट्टै शुरु हुन्छ’, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख जगदीश शर्माले भने, ‘एकीकृत बस्तीमा बस्न नचाहनेका लागि पनि सुरक्षित स्थानमा जमिन लिएर आवास बनाउन थालेका छौ।’

एकीकृत बस्तीमा प्राधिकरणले जमिन खरिद गरिदिने र सडक, विद्युत र खानेपानीको न्यूनतम आवश्यकता समेत पूरा गर्ने भएको छ। स्थानीयस्तरमा न्यूनतम आवश्यक पर्ने सडक, बत्ती र खानेपानी जस्ता पूर्वाधार पनि सँंगसँंगै निर्माण हुने आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

विश्वकर्मा समुदायको बसोबास रहेको उक्त बस्तीमा २१ घर छन्। प्रेमबहादुर विश्वकर्मा बाहेक २० घर स्थानान्तरण गर्नुपर्ने भूगर्वविदहरुको सिफारिस अनुसार गएको फागुनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको प्राधिकरणका अनुगमन तथा मुल्यांकन विज्ञ डा. योगेन्द्र रिजालले जानकारी दिए।

बस्ती सार्नुपर्ने अवस्थामा केही घरधनीको अन्यत्र सुरक्षित स्थानमा आफ्नै जमिन भएका कारण उनीहरुका लागि प्राधिकरणले जमिन खरिद गरेको छैन। जमिन खरिद गर्ने सूचीमा परेका १७ परिवार मध्ये ५ परिवारले फलेबास नगरपालिका वडा नं. ९ भँगरामा पर्ने बिरुवारी लगायत नजिकका स्थानमा जमिन खरिद गरेर भवन निर्माण गर्ने भएका छन्। वैशाख १२ र २९ को बिनासकारी भूकम्पका कारण पर्वतका ५ हजार २ सय ६९ घर पूर्ण क्षति भएका थिए भने त्यतिकै संख्यामा आंशिक क्षति भएका छन्। जसमध्ये अहिलेसम्म झण्डै ४ हजार ८ सयले पहिलो र पाँच सय ८५ जनाले आवास निर्माणका लागि दोस्रो किस्ताको अनुदान लगिसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.