बलात्कार मुद्दा : शारीरिक सम्बन्धपछि असमझदारीले अदालत

बलात्कार मुद्दा : शारीरिक सम्बन्धपछि असमझदारीले अदालत

 बिर्तमोड : सहमतिमा हुने शारीरिक सम्बन्धले असमझदारी वा विवाद भए जबर्जस्ती करणी मुद्दाको रूप लिने गरेको पाइएको छ । अहिलेसम्मका मुद्दाको अध्ययन गर्दा यस्तो पाइएको जिल्ला अदालत झापाले जनाएको छ ।

जिल्ला न्यायाधीश खिलनाथ रेग्मीका अनुसार अदालतमा दर्ता भएका बलात्कारसम्बन्धी धेरै मुद्दामा संलग्न युवायुवती १८ देखि २५ वर्ष उमेर समूहका हुन्छन् । उनीहरूको बयानका आधारमा अनुसन्धान गर्दा बलात्कार नभई शारीरिक सम्बन्धपछिको असमझदारी र विवाद मुद्दाको मुख्य कारण बन्ने गरेको छ ।

‘अदालतमा दर्ता भएका हाडनाताबाहेकका अधिकांश जबर्जस्ती करणी मुद्दाको अनुसन्धानमा यस्तै देखिएको छ’, जिल्ला न्यायाधीश रेग्मीले भने, ‘असमझदारी र विवादले धेरै समस्या ल्याएको छ ।’

यस्ता मुद्दाको अनुसन्धान गरेका न्यायाधीश माधव अधिकारीले स्थानीयको बयानका आधारमा प्रहरीले बनाएको मुचुल्का र पीडितले अदालतमा दिएको बयान नै फरक हुने गरेको सुनाए । ‘सुरुमा प्रहरीको मुचुल्काकै आधारमा अदालतमा जबर्जस्ती करणी मुद्दा पेस हुन्छ’, न्यायाधीश अधिकारीले भने, ‘पछि पीडितसँग बयान लिँदा घटनामा आकाशपाताल फरक भेटिने गरेको छ ।’

शारीरिक सम्बन्धपछिको विवादले धेरै घटना अदालतसम्म आउने गरेको उनको भनाइ छ । मुद्दाका पक्ष–विपक्षमा १८–२० वर्षकी युवती र २२–२४ वर्षका युवक हुने गरेको र अनुसन्धानमा बलात्कार गरेजस्तो चोटपटक, घाउ, च्यातिएको लुगा, केही प्रमाण नभेटिने गरेको उनले सुनाए । ‘शारीरिक सम्बन्ध राखेको केही दिन राम्रो भए पनि अन्य विषयमा विवाद हुनासाथ जबर्जस्ती करणी मुद्दा हाल्ने फेसनजस्तै भएको छ’, उनले भने ।

उनका अनुसार पछिल्लो समय जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दाको चाङ लागेको छ । अदालतको तथ्यांकलाई हेर्दा काठमाडौंपछि झापा जिल्लामा बलात्कारसम्बन्धी मुद्दा बढी पर्ने गरेको छ । जबर्जस्ती करणीअन्तर्गतको उद्योग तथा हाडनातासम्बन्धी १ सय ६ वटा मुद्दा चालू आर्थिक वर्षको जेठसम्म झापामा दर्ता भएका छन् । अघिल्लो वर्षका गरी ७४ वटा मुद्दा फछ्र्योट भएको जनाइएको छ ।

जिल्ला अदालतले चालू आवको जेठसम्म ४९.०६ प्रतिशत मुद्दा फैसला गरी फछ्र्योट भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षको १ हजार ६ सय ३९ सहित ४ हजार १ सय ७ वटा मुद्दा दर्ता भएको जनाइएको छ । त्यसमध्ये रिट र पुनरावेदन गरी २ हजार १५ मुद्दा फछ्र्योट भएका हुन् ।

‘अदालतमा दर्ता भएका हाडनाताबाहेकका अधिकांश जबर्जस्ती करणी मुद्दाको अनुसन्धानमा यस्तै देखिएको छ । असमझदारीले समस्या ल्याएको छ ।’ खिलनाथ रेग्मी, जिल्ला न्यायाधीश, झापा

अंशसम्बन्धी ४ सय १६, सम्बन्धविच्छेदमा ६ सय ६३, मानव बेचबिखन तथा ओसारपसारमा २७, लागुऔषधमा १ सय ११ र अन्यमा १ हजार १ सय ४५ वटा मुद्दा दर्ता भएका छन् ।

अदालतको तथ्यांकअनुसार ३८ करोड ८१ लाख ८० हजार ९० रुपैयाँ बक्यौता विभिन्न व्यक्तिबाट असुल गर्न बाँकी छ । विभिन्न प्रकृतिका मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएको रकममध्ये ५१ करोड २३ लाख ३६ हजार ९ सय ५९ रुपैयाँ उठाउनुपर्नेमा १२ करोड ४१ लाख ५६ हजार ८ सय ६९ रुपैयाँ असुली भएको छ । अदालतले विभिन्न मुद्दामा सजाय तोकी फरार रहेका १ सय ७० अभियुक्तलाई प्रहरीको सहयोगमा पक्राउ गरी अदालत पेस गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.