गोमन सर्पको डसाइबाट मृत्यु
झापा : विषालु सर्पको डसाइबाट आइतबार झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन्। ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ।
सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। रासस