केसी पक्ष र सरकारबीचको पहिलो वार्तामा सहमति जुटेन
काठमाडौँः जुम्ला सदरमुकाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीचको पहिलो वार्ता सहमतिबिनै टुंगिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच सोमबार राति भएको वार्ता निष्कर्शबिना नै टुंगिएको हो ।
‘डा केसी र हामीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन सकेन’, केसी पक्षबाट वार्ता टोलीका सदस्य डा. अभिषेक सिंहले भने, ‘हाम्रा मागबारे वार्ता टोलीका संयोजक खगराज बरालले शिक्षा मन्त्रीलाई सोध्ने भन्नुभयो, शिक्षा मन्त्रीले प्रधानमन्त्रीलाई सोधेर निर्णय गर्ने बताएपछि वार्ता रोकिएको हो ।’
जुम्लामा १६ दिनदेखि अनशनरत केसीको माग पुरा गर्नका लागि सरकारले शिक्षा सचिव बरालको संयोजकत्वमा वार्ता टोली बनाएको छ । तर सरकार र केसी पक्षबीचको पहिलो वार्ता बिनासहमति सकिएको हो ।’
प्रतिक्रिया दिनुहोस !