२ अर्ब बजेट फ्रिज

२ अर्ब बजेट फ्रिज

 भैरहवा : रूपन्देहीमा पूर्वाधार विकासका लागि आएको २ अर्ब रकम फ्रिज भएको छ । आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणका कामलाई तीव्रता दिए पनि बजेट खर्च गरेर सकिएको छैन । जिल्लामा असारमा मात्रै ३ अर्ब बजेट खर्च भएको छ । चालु र पुँजीगत गरी कुल २ अर्ब बढी बजेट फ्रिज भएको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

असारमा मात्रै सबैभन्दा बढी खर्च गर्नेमा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन सडक कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलगायत कार्यालय/आयोजना छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यलयले भैरहवामा एक कार्यक्रमको आयोजना गरी ०७४/७५ को जिल्लाको आम्दानी, निकासा तथा खर्च सार्वजनिक गरेको छ । जसमा असारमा मात्रै २ अर्ब ८० करोड ४७ लाख एक हजार ७ सय ९८ रुपैयाँ पुँजीगत बजेट र चालु तथा पुँजीगततर्फ गरी कुल २ अर्ब ८ करोड ८१ लाख ३१ हजार एक सय ८२ रुपैयाँ बजेट फ्रिज भएको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख मतिप्रसाद भुसालले बताए ।

पुँजीगततर्फ ठुल्ठूला विकासे अड्डाहरूले समयमा बजेट खर्च गर्न नसक्दा २ अर्ब बढी बजेट फ्रिज भएको हो । कार्यालयका अनुसार कुल बजेट २१ अर्ब ८२ करोड १० लाख ७३ हजार ६७ रुपैयाँ रहेकोमा १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार ८ सय ८५ रुपैयाँ खर्च भएको छ । खर्च भएको बजेट बजेटको ९०.४३ प्रतिशत हो ।

आव ०७४/७५ मा पँुजीगततर्फ ८ अर्ब २ करोड ९६ लाख ६६ हजार ३ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ६ अर्ब ८१ करोड एक लाख ४० हजार ३ सय २७ रुपैयाँ खर्च भएको प्रमुख भुसालले बताए । यो पुँजीगत बजेटको ८४.८१ प्रतिशत खर्च हो ।

त्यस्तै उनले चालुतर्फ कुल १३ अर्ब ७९ करोड १४ लाख ६ हजार ७ सय ६७ रुपैयाँ बजेट विनियोजन भएकोमा १२ अर्ब ९२ करोड २८ लाख एक हजार ५ सय ५७ रुपैयाँ खर्च भएको बताए ।

उनले जिल्लामा भएको खर्च सन्तोषजनक रहेको र विस्तारै समयमा खर्च गर्ने ट्रेन्ड बढ्दै जाने बताए । गत आव ०७३/७४ मा पुँजीगततर्फ ८ अर्ब ९१ करोड २९ लाख ४५ हजार ७१ रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ७० करोड ४० लाख ८ हजार ४ सय ९ रुपैयाँ खर्च भएको थियो र चालुतर्फ कुल ११ अर्ब ९२ लाख ४७ हजार ६ सय ४५ रुपैयाँ बजेट विनियोजन भएकोमा ८ अर्ब ७९ करोड ५३ लाख ८९ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको थियो ।

राजस्व संकलनमा वृद्धि

जिल्लामा आव ०७४/७५ मा राजस्व संकलनमा वृद्धि भएको छ । कार्यालयका अनुसार राजस्व संकलन १३.१८ प्रतिशतले वृद्धि भएको हो ।

०७४/७५ मा ९० अर्ब ३६ करोड ६५ लाख २५ हजार ८ सय ६२ रुपैयाँ राजस्व संकलन भएको कोलेनिका रूपन्देहीकी सूचना अधिकृत मञ्जु पन्थीले बताइन् । गत आव ०७३/७४ मा ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ रुपैयाँ राजस्व संकलन भएको थियो ।

राजस्व संकलन गर्नेमध्ये सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालय भैरहवाले रहेको छ । उसले ०७४/७५ मा ४९ अर्ब ८६ करोड ९१ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.