'तीन वर्षभित्र उच्च आर्थिक वृद्धिदर'

'तीन वर्षभित्र उच्च आर्थिक वृद्धिदर'

 पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्रमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर भएको देश बनाउन सकिने बताएका छन् । ‘यो युरोप होइन, जहाँ सीमान्त विकास भएको छ’, उनले भने, ‘यहाँ त विकासको सम्भावना मात्रै छ । सबै कुरा गर्न बाँकी छ ।’

१ नम्बर आर्थिक वृद्धिदर भएको देश बनाउनका लागि आफ्ना प्रयास केन्द्रित गर्दै मित्रराष्ट्रहरूसँग सहकार्य गर्ने प्रधानमन्त्रीले सुनाए । प्रधानमन्त्री ओली बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै थिए । उनले यस वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने पनि सुनाए ।

समृद्धिले मात्रै नहुने भन्दै ओलीले जनता सुखी पनि हुनुपर्ने बताए । ‘विकास गर्छाैं, समृद्धि गर्छाैं’, उनले भने, ‘समृद्धिले मात्रै सुख हुँदैन, सुख प्राप्त हुन अरू पनि कुरा छ । हामी सुसंस्कृत भएको हुनुपर्छ । सांस्कृतिक हिसाबले हाम्रो उत्थान भएको हुनुपर्छ । सुरक्षा सबैले पाएको हुनुपर्छ । त्यस कारण सामाजिक न्यायसहितको समृद्धि ।’

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले सन् २०३० सालसम्म हासिल गर्ने भनेका दिगो विकासका लक्ष्य पनि त्यसअघि नै प्राप्त गर्ने सुनाए । ‘शिक्षासम्बन्धी, स्वास्थ्यसम्बन्धी अथवा सामाजिक सुरक्षाका प्रबन्धहरूमा एउटा मानवोचित अवस्थामा पु¥याउन सक्छौं’, उनले भने ।

संघीयताको नयाँ अभ्यासमा भएका कारण कहीँ दृष्टि नपुगेको हुन सक्ने भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा अनुभवका आधारमा अघि बढ्ने बताए । ‘प्रदेशसभा पहिला थिएन, बरु स्थानीय तहको ठाउँमा स्थानीय निकाय थियो, केन्द्र सरकार थियो’, उनले भने, ‘संविधानको अनुसूचीअनुसारका अधिकार र स्रोतको बाँडफाँट र तालमेल मिलाउन केही समय लाग्ला ।’

गण्डकी प्रदेशमा फिल्म सिटी निर्माण गर्ने योजना प्रधानमन्त्री ओलीले सुनाए । उनले फिल्मसिटी अध्ययनका लागि भारतीय जीटीभीका अध्यक्षसहितको टोली केही दिनमै आउन लागेको जानकारी दिए । तनहुँ र गोरखाको बीचमा मस्र्याङ्दी उपत्यकातिर फिल्मसिटी निर्माण गर्न सकिने उनको भनाइ थियो । ‘त्यसपछि त आधा मुम्बई गण्डकी प्रदेशमै हुन्छ’, उनले भने, ‘अभिताभ बच्चन त्यसै नेपाल आएका होइनन् ।’

पहिलो प्रधानमन्त्रीत्वकालमा भनेअनुसार २ वर्षभित्र तुइँनमुक्त नेपाल बनाउने अभियान छिट्टै पूरा हुने पनि ओलीले सुनाए । ‘म तुइनको सत्रु हुँ’, उनले भने, ‘अझै केही केही ठाउँमा तुइँन बाँकी नै छन्, तर उहिले उहिले नेपालमा तुइँन थिए रे भन्ने समय आउँदै छ ।’ समुद्रसम्म जोडिने गरी नदीहरूको बाटोमा पानीजहाज चल्ने दिन छिट्टै आउने पनि प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘त्यसमा काम भइरहेको छ, रक्सौल–काठमाडौं रेलको सर्भे भइरहेको छ, पूर्वपश्चिम रेल बनाउन झन् सजिलो छ त्यो पनि हुन्छ ।’ चीन र भारतबाट आउने रेलमा नेपालबाट खानेपानी निर्यात गर्न सकिने सम्भावना प्रधानमन्त्री ओलीले औंल्याए । ‘हाम्रा लेकलेकमा मिनरल वाटर छ’, उनले भने ।

प्रधानमन्त्रीले मध्याह्न पौने १ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको थियो । तर उनी निर्धारित समयभन्दा २ घण्टा ढिला आइपुगेका थिए । त्यसअघि पोखरा विश्वविद्यालयको सिनेट बैठकमा सहभागी उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गतिविधिबारे पनि अवलोकन गरी चासो लिएका थिए । प्रधानमन्त्री ओली आउने पूर्वनिर्धारित समयअनुसार प्रदेशसभा अगाडि पुगेर कालोझण्डा देखाउने तयारी गरेका २५ युवालाई कास्की प्रहरीले समातेको थियो । उनीहरू कांग्रेस र नयाँ शक्ति पार्टीआबद्ध विद्यार्थी थिए । प्रधानमन्त्री ओली बिहीबारै काठमाडौं फर्किए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.