साउने सोमबार : अर्जुनधारा जलेश्वरधाममा बिहानैदेखि भक्तजनको घुइँचो (फोटो फिचर)

साउने सोमबार : अर्जुनधारा जलेश्वरधाममा बिहानैदेखि भक्तजनको घुइँचो (फोटो फिचर)

बिर्तामोड : पूर्वको पशुपतिनाथका रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा सोमबार बिहानैदेखि जल चढाउन भक्तजनको घुइँचो लागेको छ। साउन महिनाको पहिलो सोमबार भएकाले पूर्वका हजारौँ भक्तजनले मन्दिरमा जल चढाएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष भिमचन्द्र भट्टराईले बताए। 

धाम परिसरस्थित जलासयको कुण्डमा रहेको जल उठाएर महादेवको मूर्तिलाई चढाउँदा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ। जल चढाउन र पूजा गर्ने बिहानैदेखि सयौं भक्तजन महिला मन्दिरमा लामबद्ध भएर बसेका छन्। 

साउन महिनालाई वर्षकै पवित्र महिनाका रुपमा लिने गरिन्छ। प्रायजसो महिलाले यो महिनाको हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्ने गर्दछन्। बिबाहित महिला पतिको दीर्घायू तथा अविवाहितले सुयोग्व वरको कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्ने गर्दछन्। 

अर्जुनधारा मन्दिर पूर्वको प्रशिद्ध तीर्थस्थल हो। अर्जुनधारा क्षेत्र परिसरभित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी र यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाइरहेको मूर्ति पनि स्थापित गरिएको छ।सातकुने उक्त पोखरीको दक्षिणतर्फ पञ्चधातुबाट निर्मित ५ वटा धारा छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.