निलेको तीन दिनपछि यसरी निस्कियो सुनको सिक्री

निलेको तीन दिनपछि यसरी निस्कियो सुनको सिक्री

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका-२ का ३१ वर्षीय सुजन नेपालले निलेको सवा तोला सुनको सिक्री तीन दिनपछि बाहिर निस्किएको छ। अस्पतालमा एक्सरे गर्दा उनको पेटमा देखिएको सिक्री सोमबार बिहान ११ बजेतिर बाहिर निस्किएको हो। दिसा गर्ने क्रममा सिक्री बाहिर निस्किएको प्रहरीले जनाएको छ।

गत शुक्रबार साँझ विराटनगर- ९ जलजला चोकस्थित राठी सुनचाँदी पसलमा सिक्री किन्न भनेर गएका नेपालले पसल संचालकले दिएको उक्त सिक्री निलेर आफूसँग रहेको नक्कली सिक्री फिर्ता दिएका थिए।

तत्काल पैसा नभएको र पछि आएर किन्ने भन्दै उनले सक्‍कली सिक्री निलेर पसल संचालकलाई नक्‍कली सिक्री फिर्ता दिएको खुलेको थियो। फिर्ता दिएको सिक्री नक्‍कली भएको थाहा पाएर पसल संचालकले प्रहरीलाई खबर गरेपछि प्रहरीले अस्पतालमा लगेर नेपालको पेटको एक्सरे गराएको थियो।

एक्सरेपछि सक्‍कली सिक्री नेपालको पेटभित्रै रहेको पुष्टि भएको थियो। पेटभित्र रहेको सिक्री निकाल्नका लागि उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा प्रहरी र चिकित्सकको निगरानीमा राखेर चाँडो चाँडो दिसा लगाउने 'ल्याक्टोलोज' नामक औषधि दिइएको थियो। 

उक्त औषधि खाइसकेपछि सोमाबार बिहानसम्ममा नेपालले चौथो पटक दिशा गरेका थिए। चौथो पटक दिशा गर्दा दिसाका माध्यमबाट सिक्री बाहिर निस्किएको अस्पतालका चिकित्सक पुरनचन साहले बताए।'चौथो पटक पनि दिसाका माध्यमबाट सिक्री बाहिर ननिस्किए अरु उपाय लगाउने तयारी गरिएको थियो, 'डा.साहले भने, 'नभए पेटको शल्यक्रिया नै गर्नुको विकल्प थिएन।'

उनले चौथो पटकमै दिसासँगै सिक्री बाहिर निस्किएका कारण शल्यक्रिया गर्नुपर्ने अवस्थासम्म भने पुग्न नपरेको जानकारी दिए।नेपालको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकले बताएका छन्। 

दिशा गरेर सिक्री बाहिर निस्कन साथ चोरी गर्ने डरले नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी विरुद्ध चोरी मुद्धा चलाउन सोमबार अदालतबाट सात दिनको म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सक्‍कली सिक्री निलेपछि नक्‍कली सिक्री छाडेर नेपालले त्यहाँबाट भाग्ने योजना बनाएको खुलेका कारण उनी विरुद्ध चोरी मुद्धामा अनुसन्धान अघि बढाइएको हो। 

 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.