फिदिमको आकासमा प्याराग्लाइड सरर

फिदिम : साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले पाँचथर सदरमुुकाम फिदिममा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । फिदिमका युुवा व्यवसायीको अगुुवाइमा शनिबार पहिलोपटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो ।
सिक्किमको ओ एड्भेन्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले फिदिमको आकाशमा पहिलोपटक सोलो ग्लाइडर (एक जना मात्र उड्न मिल्ने) सफल रूपमा उडाएका हुुन् । फिदिम–३ स्थित लब्रेकुुटी डाँडाबाट पहिलो पटक परीक्षण उडान भरिएको हो । पाइलट अधिकारीले लब्रेकुुटीबाट आठ मिनेटको परीक्षण उडान भरेका थिए । लब्रेकुुटीबाट उडाएको सोलो ग्लाइडर बतासे भन्ने स्थानमा अवतरण गराइको हो । जमिनदेखि चार सय ५० फिट उचाइमा उडान भरिएको हो ।
दोस्रो चरणमा १७ मिनेटको परीक्षण उडान भरिएको थियो । फिदिम–३ स्थित रमिते डाँडाबाट उडाइएको प्याराग्लाइड फदिम–१ स्थित फिदिम उच्च माविको खेल मैदानमा सफल रूपमा अवतरण गराइएको हो । ‘फिदिममा प्याराग्लाइडिङका लागि उच्च सम्भावना रहेछ’, पाइलट अधिकारीले भने ‘प्याराग्लाइडिङका लागि अहिले उपयुुक्त सिजन हैन । तर, पनि फिदिमको आकासमा सहज रूपमा परीक्षण गरिएको छ ।’ व्यावसायिक उडानका लागि ¥यान्डम ग्लाइडर राम्रोसँग सञ्चालन गर्न सकिने अधिकारीको भनाइ छ । ‘परीक्षण उडान सफल भएपछि व्यावसायिक उडान भर्ने हो । व्यावसायिक उडानका लागि ¥यान्डम ग्लाइडर उडाउन यो स्थान उपयुुक्त ठहरिएको छ’, अधिकारीले भने ।
फिदिमका युुवा व्यवसायी दिलिप अधिकारी, गणेश काफ्ले र रमेश अधिकारीको पहलमा प्याराग्लाइडिङको परीक्षण गरिएको हो । ‘साहसिक पर्यटनलाई विकास गर्ने उद्देश्यले यसको परीक्षण गरिएको हो’, दिलिप अधिकारीले भने, ‘परीक्षण उडान सफल भएको छ । व्यावसायिक उडानका लागि प्रक्रिया अघि बढाउनेछौं ।’ प्याराग्लाइडिङको सफल परीक्षणपछि फिदिमका अगुुवाहरूले फिदिम बजारलाई साहसिक पर्यटनको गन्तव्य बनाउन सके फिदिम जीवन्त हुुन सक्ने प्रतिक्रिया दिएका छन् । ‘युुवाहरूको यस्तो कार्यले बजारलाई पर्यटनको माध्यमबाट जीवन्तता दिन मद्दत पुुग्नेछ’, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले भने, ‘व्यावसायिक उडान भर्नका लागि युुवालाई सबैले साथ दिन जरुरी छ ।’ परीक्षण उडान सफल भए पनि प्रहरीले परीक्षण नियन्त्रणको प्रयास गरेको छ । अनुुमतिबिना परीक्षण उडान गरिएकाले नियन्त्रण गर्न खोजिएको प्रहरीले जनाएको छ । रमितेबाट उडाइएको प्याराग्लाइड फिदिम उच्च माविको खेल मैदानमा अवतरण गरेपछि प्रहरीले पाइलट अधिकारी र युुवा व्यवसायीलाई प्रहरी कार्यालय झिकाएको थियो ।
युुवा व्यवसायीले भने मौखिक रूपमा सबै निकायलाई जानकारी गराएर नै परीक्षण गरिएको बताए । ‘परीक्षण सफल भएको छ,’ युुवा व्यवसायी गणेश काफ्लेले भने, ‘व्यावसायिक उडानका लागि सबै प्रक्रिया पूरा गर्नेछौँ । प्रक्रिया पूरा गर्न सबै निकायको साथ चाहिन्छ ।’
प्रतिक्रिया दिनुहोस !
