लहलहैमा सम्बन्धविच्छेद

लहलहैमा सम्बन्धविच्छेद

भैरहवा : वर्षौं सँगै जीवनयापन गरेका रूपन्देही बुटवल क्षेत्रका एक दम्पतीले गत वर्ष जिल्ला अदालतमा सम्बन्धविच्छेद गरे । ३५ वर्षीया प्रिया क्षत्रीले (नाम परिवर्तन) पति ४२ वर्षीय रवि क्षत्री (नाम परिवर्तन) ले आफूलाई खान लाउन नदिएकोलगायत कारण देखाउँदै जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । अदालतले पनि यी दम्पतीको सम्बन्धलाई विच्छदको फैसला सुनाइदियो ।

प्रत्येक वर्ष सम्बन्धविच्छेदका घटना वृद्धि हुँदै गएको जिल्ला अदालत रूपन्देहीले जनाएको छ । अदालतमा दर्ता भएका पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा जिल्लामा प्रत्येक वर्ष झण्डै एक सयको हाराहारीमा सम्बन्धविच्छेदका घटना आउने गरेको देखिएको छ । आर्थिक वर्ष ०७२/७३ मा सम्बन्धविच्छेदसम्बन्धी ३ सय ५८ मुद्दा दर्ता भएका छन भने ०७३÷७४ मा ४ सय १२ वटा र ०७४÷७५ मा ५ सय १४ वटा मुद्दा दर्ता भएको रूपन्देही जिल्ला अदालतका स्रेस्तेदार सञ्जीव पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार सम्बन्धविच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका रहेका र केही मात्रामा मात्र पाका उमेरका छन् । लहलहैमा किशोरावस्थामै विवाह गर्ने र पछि पछुताउने प्रवृत्तिका कारण विवाहको केही वर्षमै युवायुवतीले सम्बन्धविच्छेदको बाटो रोज्ने गरेका छन् । अदालतमा मुद्दा दर्ता गराउन आउनेमध्ये ८० प्रतिशत बढी २० देखि ३५ वर्ष उमेरका र अन्य उमेर समूहका २० प्रतिशत रहेका स्रेस्तेदार पोखरेलले बताए ।


सम्बन्धविच्छेद गर्नेमध्ये ७० प्रतिशत पहाडी मुलका छन् ।

सम्बन्धविच्छेद गर्नेमध्ये ७० प्रतिशत पहाडी मुलका छन् । सम्बन्धविच्छेदका लागि महिलाले दायर गराउने मुद्दामा पतिले खान लाउन नदिएको, हेरचाह नगरेको, झैंझगडा गरेकोलगायत विषयमा उल्लेख गरिएको छ । तर सम्बन्धविच्छेदको वास्तविक कारण पति वैदेशिक रोजगारमा जानु, लामो समयसम्म एकअर्काबिना हुनु, सम्पति, यौनइच्छालगायत हुने गरेको जानकारहरू बताउँछन् । संयुक्तभन्दा एकल परिवारमा बढी रहेको तथा वैदेशिक रोजगारमा रहेका पति तथा तिनका पत्नी सहरमा बस्नाले महिलामा परिवर्तनको सोच आएको र पारिवारिक कलह बढेकाले सम्बन्धविच्छेदका घटना बढी हुने गरेको स्रेस्तेदार पोखरेल बताउँछन् ।

समाजशास्त्री उमेश रिजालले बढ्दै गएको सम्बन्धविच्छेदको घटनाले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको बताउँदै यसको न्यूनीकरणका लागि राज्यले विद्यालयदेखि कलेज तहसम्म पूर्वीय दर्शनको शिक्षाबारे अध्ययन गराउन आवश्यक रहेको बताए । अदालत पुग्ने मुद्दालाई विश्लेषण गर्दा अधिकांशले ससानो झगडाकै कारण पनि सम्बन्धविच्छेद गरेको देखिएको बताउँदै समाजशास्त्री रिजालले न्यून मात्रामा मात्र वास्तविक उत्पीडनमा परेर अदालतसामु सम्बन्धविच्छेद गर्ने गरेका बताए । यस्तै जिल्ला अदालतमा मुद्दा दर्ताको संख्या बढ्दै गएको छ । रूपन्देही जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि भएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.