दुग्ध विकास बोर्डमा कार्यकर्तालाई जागिर

दुग्ध विकास बोर्डमा कार्यकर्तालाई जागिर

 पोखरा : गण्डकी प्रदेश सरकारले सार्वजनिक, निजी तथा सहकारी साझेदारीमा पशुपालन गरी दूध उत्पादन र बजारीकरण गर्ने उद्देश्य राखेर दुग्ध विकास बोर्ड गठन गर्ने भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष रहने बोर्डको उपाध्यक्ष सरकारले राजनीतिक नियुक्ति गर्ने व्यवस्थासहितको विधेयक प्रदेश सभामा पुगेको छ ।

‘प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’माथि प्रदेश सभाको विधायन समितिले दवाफार छलफलपछिको प्रतिवेदन आइतबार सभामा बुझाएको हो ।

विधेयकको मस्यौदामा बोर्ड उपाध्यक्ष राज्यमन्त्री सरह हुने रहेकोमा विधायन समिति सदस्यहरूको असहमतिपछि सहायकमन्त्री सरह बनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डमा उपाध्यक्ष कृषि मन्त्रालयको सचिव रहने व्यवस्था छ तर यहाँ किन बाहिरबाट ल्याउनुप¥यो भन्दै प्रतिपक्षी कांग्रेसका सांसदले विधायन समितिमा आवाज उठाएका थिए । तर महिना दिनसम्म विधायन समितिमै अल्झिएको विधेयक सत्तापक्षको रुचिकै कारण प्रदेश सभामा पेस भएको छ । विधायन समितिको शनिबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारी स्वयं उपस्थित भएर विधेयक छिटो अघि बढाउन भनेका थिए । सोही अनुसार विधायन समितिले आइतबार प्रतिवेदन बुझाएको हो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता कृष्णचन्द्र नेपाली आफ्नो पार्टीबाट विधायन समितिमा प्रतिनिधित्व गर्ने ३ जना सांसद शनिबार अनुपस्थित भएका दिन प्रतिवेदन तयार प्रदेश सभामा आइतबार पठाइएको जानकारी दिए । उनको दलका अर्का सांसद कुनै व्यक्ति विशेषलाई नियुक्त गर्ने निश्चित उद्देश्य राखेरै विधेयक ल्याइएको बताउँछन् । ‘उपाध्यक्षमा नियुक्ति दिएर राजनीतिक कार्यकर्तालाई जागिर खुवाउने उद्देश्य देखिन्छ,’ ती सांसदले भने, ‘त्यसैले मूर्तरूपमा उपाध्यक्षको योग्यता तोकिएको छैन । कृषि मन्त्रीको सिफारिसमा उपाध्यक्ष नियुक्त गरिनेछ भनेर विधेयकमा उल्लेख छ ।’ गण्डकी प्रदेशको कृषि मन्त्री साविक माओवादीका नेता लेखबहादुर थापा छन् ।

प्रशासनिक प्रमुखका रूपमा रहने कार्यकारी प्रमुखका हकमा पनि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा छनोट समिति बनाउने भनेर आफू अनुकूल व्यक्ति ल्याउने सजिलो बाटो ऐनमै राखिएको ती सांसदले बताए । ‘प्रदेश सरकार मितव्ययी बन्छु भन्छ, तर आफ्ना मान्छेलाई जागिर खुवाउने गरी कानुन बनाउँछ’, उनले भने, ‘बोर्डको उपाध्यक्षलाई सहायक मन्त्री सरह भनेर मासिक ४७ हजार तलब र सुविधा दिने भएको छ ।’

सार्वजनिक, निजी, सहकारी साझेदारीमा उन्नत जातका पशुपालनबाट दूध उत्पादन, प्रशोधन, बजारीकरण र रोजगारी सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न बोर्ड स्थापना गर्ने विधेयकमा उल्लेख छ । उन्नतस्तरका दुधालु पशुपालन गर्न उपयुक्त नीति तर्जुमा गरी सरकारसमक्ष सिफारिस गर्ने काम र कर्तव्य बोर्डलाई तोकिएको छ । ‘दुग्ध उद्योगको विकास, दूध उत्पादन तथा प्रशोधन, आपूर्ति तथा बजारीकरण सरोकारवालबीच समन्वय गर्ने’, बोर्डको उद्देश्यबारे विधेयकमा भनिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.