आठजना विद्युत चोर पक्राउ

आठजना  विद्युत चोर पक्राउ

विराटनगर : मोरङको जहदा गाउँपालिका- ७ बाट विद्युत चोरीमा संलग्न आठजना आइतबार राति पक्राउ परेका छन्। प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोलीले जहदा- ७ का ३५ वर्षीय विरेन्द्रकुमार खाती, ३५ वर्षीय फागु हस्दा, ६३ वर्षीय जगत हेमरन, ३१ वर्षीय संजयकुमार हेमरन, ४० वर्षीय वर्ष हेमरन, ६० वर्षीय मोहन मरण्डी, ६० वर्षीय दशनाथ मरण्डी र ३३ वर्षीय संजय साहलाई पक्राउ गरेको हो।

 प्रदेश- १ प्रहरी कार्यालय विराटनगरले चेकजाँचका क्रममा अवैध रुपमा पोलबाट हुकिङ गरेर विद्युत चोरी गर्दै घरमा प्रयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ। 

पक्राउ परेकाको साथबाट विद्युत चोरीमा प्रयोग गरिएका तार तथा विद्युतबाट चल्ने विभिन्न सामान जफत गरिएको जानकारी प्रहरीले दिएको छ। उनीहरुलाई विद्युत प्राधिकरणले कारवाहीस्वरुप जरिवाना गरेर छाडेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.