ठेकेदारको लापरबाहीले हुलाकी राजमार्ग अवरुद्ध

ठेकेदारको लापरबाहीले हुलाकी राजमार्ग अवरुद्ध

परासी : निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पश्चिम नवलरासीको परासी-नारायणचोक हुलाकी सडक दुई सातादेखि अवरुद्ध छ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको बेहाल अवस्थाले पैदल यात्रुसमेत बारम्बार सास्ती खेप्न बाध्य छन् ।

सडक निर्माणका लागि ठाउँठाउँमा खसालेको माटो व्यवस्थित नगर्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेको छ । अधिकांश स्थानमा रहेका खाल्डाखुल्टीसमेत पुरिएका छैनन् । सडक निर्माणको काम सुरु गरे पनि निर्माण कम्पनीले समयमा काम नगर्दा अहिले सो सडकखण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

सडकमा ग्राभेल (मिस्कट) नराख्दा हिलो र खाल्डाखुल्टीका कारण सवारीसाधन चल्न नसकेका हुन् । सडक अवरुद्ध हुँदा परासी-जहदादेखि गोपीगञ्ज पुग्ने सवारीसाधन भूमही–बर्दघाट हुँदै २५ किलोमिटरको दूरी पार गरेर जानुपर्ने बाध्यता छ । परासीबाट नारायणचोकको दुरी साढे १२ किलोमिटर छ । 

सडक निर्माणका लागि हुलाकी सडक आयोजनाले हेटौंडास्थित कञ्चनजंघा शिवशक्ति बिरुवा जेभी नामक कम्पनीलाई जिम्मेवारी दिएको छ । सडक डिभिजन कार्यालय बुटवलको रेखदेखमा भइरहेको सडक निर्माणको लागत २५ करोड रुपैयाँको हो ।

सडकमा ग्राभेल नराखेका कारण वर्षायाममा सडक हिलाम्मे भई आगमनमा समस्या भएको सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख कैलाश श्रेष्ठले बताए । उनले सडक मर्मतका लागि व्यवसायीलाई पटक-पटक ताकेता गर्दासमेत निर्माण सामाग्रीको अभावको बहाना देखाएर उम्किन खोजेको बताए ।

ग्राभेलको व्यवस्था गरेर तत्काल सडक व्यवस्थित बनाउन व्यवसायीलाई ताकेता गरेकाले एक दुई दिनमा समस्या समाधान हुने श्रेष्ठको भनाइ छ । सडक निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।

सम्झौताअनुसार, २०७३ फागुनबाट सुरु गरिएको सडक आउँदो फागुनसम्म सम्पन्न गरिसक्नुपर्ने भए पनि निर्माण सामाग्रीको अभाव देखाउँदै व्यवसायीले काममा ढिलाई गर्दा समयमा सम्पन्न हुन नसक्ने अवस्था देखिएको छ ।   

निर्माण कार्यका लागि आवश्यक पर्ने ग्राभेल अभावले समस्या भएको निर्माण कम्पनीका इन्जिनियर मेघराज खनालले जानकारी दिए । उनले केही दिनमा ग्राभेलको व्यवस्था गरेर सडकलाई व्यवस्थित गरिने बताए ।

अहिलेसम्म सडक सम्माउने, माटो फिलिङ्गसहित अन्य स्टकचरका काम सकिएको इन्जिनियर खनालको भनाई छ । निर्माण सामाग्रीको अभाव नभए तोकिएको समयमा काम सम्पन्न हुने पनि उनले दाबी गरे । ११ मिटर चौडाइ रहेको उक्त सडकखण्डमा सात मिटर कालोपत्रे हुनेछ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.