चितवनमा बस र ट्रक ठोक्किए : चारको मृत्यु, १७ घाइते

चितवनमा बस र ट्रक ठोक्किए : चारको मृत्यु, १७ घाइते

चितवन : सवारी दुर्घटनाका कारण चितवनमा चार जनाको मृत्यु भएको छ ।  रत्ननगर नगरपालिका–१० स्थित भानुचोकमा मंगलबार राति बस र ट्रक एक आपसमा ठाेक्किदा  ट्रकका चालकद्धय रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ र सोही ठाउँका ३० वर्षीय बुद्धिमान लामाको घटनास्थलमा मृत्यु भएको हो । 

त्यस्तै बसका चालक काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापा, यात्र ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ वर्षीय तारा बरालको उपचारको क्रममा मृत्यु भएको हो ।  

राति ११ बजे भएको सो दुर्घटनमा परि १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र नारायणगढतर्फ  आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठोक्किएपछि केही बेर सवारी जाम भएको थियो । 

घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवालीले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.