खप्तड बाबालाई जीवन्त राख्न अनुसन्धान गृह !

खप्तड बाबालाई जीवन्त राख्न अनुसन्धान गृह !

काठमाडौं : खप्तड क्षेत्रमा खप्तड बाबाको स्मृतिलाई जीवन्त राख्न अध्ययन अनुसन्धान गृह बनाइने भएको छ। बाबासँग सम्बन्धित इतिहास, वस्तुहरु, आश्रम तथा उहाँद्धारा रचित ग्रन्थहरुको संरक्षण गर्ने गरी उक्त गृह बनाइने साथै बाबाको पूर्णकदको सालिकसमेत निर्माण गरिने भएको हो।

सरकारले अन्तर्राष्ट्रिय स्तरका हिन्दु तथा बौद्धमार्गी सिद्धान्त बमोजिमका ध्यान केन्द्र (विपस्यना आदि) हरु सञ्चालनमा ल्याउने पनि योजना बनाएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले अन्तर्राष्ट्रिय आध्यात्मिक तथा वैज्ञानिक ध्यान केन्द्र सञ्चालन गर्न सबै पूर्वाधारहरु विकास र प्रवर्धन गर्न लागेको हो। 

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार, खप्तड क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन तथा सहुलियत प्रदान गरी निश्चित मापदण्ड बमोजिमका पर्यटकीय आवास, होटल, लज, चियाखाजा घरहरु जस्ता पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने पनि व्यवस्था गर्न लागेको छ। 

यसैगरी, खप्तड क्षेत्रका खप्तड दह, नागढुंगा, सहश्रलिंग लगायतका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनको काम पनि हुने भएको छ। मन्त्रालयले कृषि मन्त्रालय र स्थानीय तहसँगको सहकार्यमा पर्यटकहरुलाई स्थानीय खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गरी अग्र्यानिक खानाको प्रबन्ध मिलाउने भएको छ। 

सो क्षेत्रमा केवलकार, गल्फ कोर्षजस्ता पूर्वाधार पनि निर्माण गरिने छ। पाँच वर्षभित्र खप्तड पदमार्ग देशको महत्वपूर्ण पदमार्गको रुपमा सञ्चालन गर्ने पनि सरकारको लक्ष्य छ। सँगै खप्तड ट्रेकिङ ट्रेलको पनि स्तरोन्नती गरिनेछ।

खप्तड क्षेत्रमा खप्तड बाबाले ५० वर्षअघि तपस्या गरेका थिए। सो ठाउँमा ५३ थुम्का छन्। बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थल खप्तड क्षेत्रलाई धर्तीको स्वर्गका रुपमा लिइन्छ। यो क्षेत्र धार्मिक पर्यटनका लागि पनि उत्तिकै प्रसिद्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.