विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर : मोरङको विराटनगर महानगरपालिका मेयरको कार्यालयमा बम विस्फोट भएको छ।  आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो। बम विस्फोटबाट मेयरको को १ झ ४९४ नम्बरको गाडी, कार्यालयको झ्यालका सिसा र दराजमा क्षति पुगेको छ। 

 विस्फोटपछि कार्यालयमा कर्मचारीको भागदौड चलेको थियो। भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ।

मेयर पराजुलीले कुकर बम विस्फोट भएको अनुमान गरिएको जानकारी दिए। ‘यो जनताको कार्यालय हो। कसले विस्फोट गर्यो भन्नेकुरा अनुमान गर्न सकिदैन’, मेयर पराजुलीले भने। प्रहरीले विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ। 

मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको छ। अहिले महानगरपालिका कार्यालयमा शिल गरेर प्रहरीले तालिमप्राप्त कुकुरका साथ अनुसन्धान गरिरहेको छ। 

बम विस्फोटपछि कार्यालयको काम भने ठप्प भएको छ। विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.