छोटिँदै कास्की-लमजुङ दूरी

छोटिँदै कास्की-लमजुङ दूरी

पोखरा : कास्कीको सदरमुकाम पोखराबाट लमजुङ जाने बाटोको दूरी छोटो पर्ने पक्की सडक निर्माण अघि बढेको छ। पोखराको सिसुवादेखि रूपा गाउँपालिका हुँदै लमजुङ सिसाघाट जोड्ने १६ किलोमिटर सडक पिच निर्माण सुरु भएको हो। उक्त सडकको अधिकांश भाग कास्कीको रूपा गाउँपालिकामा पर्छ।

यो पिच सडक बनेपछि लमजुङ जाने दूरी आधै छोटो पर्ने बताइएको छ। पोखराबाट लमजुङको बेंसीसहर र पूर्वीभाग जान पनि तनहुँ हुँदै जानुपर्ने बाध्यता छ। तर पिच सडक बनेपछि कास्की सीमाका थुप्रै गाउँदेखि बेंसीसहरसम्मै पुग्न पनि दूरी सीधा र छोटो पर्नेछ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्लास्तरीय परियोजना कार्यान्वयन इकाइ कास्कीले ‘सिसुवा–पोल्याङटार बाटो स्तरोन्नति परियोजना’को काम थालेको हो। आशीष एन्ड फेवा जेभीले २१ करोड ३३ लाख रुपैयाँ १८ महिनामा काम सक्ने गरी उक्त सडकको ठेक्का लिएको छ। ६.५ मिटर चौडा हुने सडकमा १ मिटर नालीसमेत हुनेछ। सडक खण्ड चक्लाबन्दी, ग्याबिन वाल, विपद् व्यवस्थापनलगायत काम हुनेछन्। सडक खण्डमा ३० वटा ह्युम पाइप कल्भर्ट राखिने ठेकेदार कम्पनी आशीष एन्ड फेवा जेभीले जनाएको छ। सडकको मापदण्ड दायाँबायाँ १०÷१० मिटर तोकिएको छ।

प्रतिनिधिसभाका सांसद खगराज अधिकारीले आइतबार उक्त सडक निर्माणको शिलान्यास गरेका थिए। त्यस अवसरमा उनले भौतिक पूर्वाधार निर्माण निर्वाध रूपमा अघि बढ्न स्थानीय बासिन्दाको भूमिका हुने बताए।

अहिले पिच हुन लागेको बाटो २०२८ सालअघिसम्म पोखराबाट काठमाडौं जाने मूल बाटो मानिन्थ्यो। पृथ्वीराजमार्ग बनेपछि भने उक्त बाटोमा लामोदूरीका पैदलयात्री शून्य भएका हुन्। तत्कालीन राजा महेन्द्र पोखरालगायत पश्चिम क्षेत्रको भ्रमण पनि कास्की देउरालीकै बाटो हुँदै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.