चितवनमा किशोरीमाथि सामूहिक बलात्कार, पाँचजना समातिए

चितवनमा किशोरीमाथि सामूहिक बलात्कार, पाँचजना समातिए

चितवन : सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गरी गत साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल र भरतपुर महानगरपालिका-११ बस्ने २० वर्षीय आकाश थापा रहेका छन् । 

त्यसैगरी भरतपुर महानगरपालिका-२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक पनि रहेका छन् । उनीहरुले प्यूठान घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते भरतपुर महानगरपालिका‍-११ बसेनीमा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगेर सामूहिक बलत्कार गरेको आरोप लागेको छ । 

उनीहरुले बालकसँग सामान्य चिनजान भएकी उनलाई दिउँसो ३ बजे नारायणगढको पुल्चोक पुर्‍याइदिने भन्दै म्याजिकमा लगेका थिए । म्याजिकका सहचालक र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बहाना बनाई साथमै लिएर हिँडेको प्रहरीले जनाएको छ । 

दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादक पदार्थ पिउन लगाएर सामूहिक रुपमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 

बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताए । उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.