सम्पदा र विमल भए 'प्लस टु अफ दी इयर'

सम्पदा र विमल भए 'प्लस टु अफ दी इयर'

 चितवन : सम्पदा अमगाई र विमल अमगाई चितवन प्लस टु अफ दी इयर–२०१८ को विजेता बनेका छन् । टप वान मिडिया प्रालि चितवनको आयोजना तथा इन्स्पायर एजुकेसन एकेडेमीको सहकार्यमा भएको ‘चितवन प्लस टु अफ दी इयर–२०१८’को ग्रान्ड फिनालेमा उनीहरूले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् ।

चितवनको नारायणगढमा भएको यस सौन्दर्य प्रतियोगितामा महिलातर्फ फस्ट रनरअपमा गीता शर्मा तथा सेकेन्ड रनरअप ज्योति खड्काथोकी भए । पुरुषतर्फ राजेश सुनार फस्ट रनरअप भए ।

भविष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धामा प्रतिनिधित्व गराउने उद्देश्यले प्रतियोगितामा आयोजना गरिएको टप वान मिडिया प्रालिका प्रबन्ध निर्देशक रब्स सापकोटाले बताए ।

प्रतियोगिताको विजेताले नगद १० हजारसहित क्राउन, ट्रफी, गिफ्ट लगायतका पुरस्कार प्राप्त गर्नुका साथै राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिन पाउनेछन् ।

चितवन प्लस टु अफ दी इयरको अन्तिम प्रतिस्पर्धामा सूर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना तथा निर्माता निर्देशक दीपक खाँड निर्णायक थिए ।

प्रतिस्पर्धीलाई कोरियोग्राफरहरू राजेश कुमाल, सिर्जना गिरी, अस्मिता नेपालीबाट एक महिना विशेष प्रशिक्षण दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.