लिभरपुलको जितमा सलाहको निर्णायक गोल

लिभरपुलको जितमा सलाहको निर्णायक गोल

लन्डन : इङ्लिस प्रिमियर लिगमा लिभरपुलले कठिन जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति खेलिएको खेलमा लिभरपुलले ब्राइटन एन्ड होभ एल्बियोनलाई १-० गोलले हरायो । लिभरपुलको जितमा मोहमद सलाहले २३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । 

लिगमा लगातार तेस्रो जित हात पारेको लिभरपुलले नौ अंक बनाएको छ । ब्राइटनको समान खेलबाट तीन अंक छ । अर्को खेलमा लेस्टर सिटीले साउथह्यामटोनलाई ३-१ गोलले हरायो । साउथह्यामटोनको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता साउथह्यामटोनले लिएको थियो । साउथह्यामटनका लागि रायन बर्तरान्डले ५२औं मिनेटमा गोल गरे । साउथह्यामटनको गोलपछि आक्रामक देखिएको लेस्टर सिटीले ५६औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

 लेस्टरका डिमाराई ग्रेले गोल गरे । ७७औं मिनेटमा पिर्रे होजबेराग दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि साउथह्यामटन १० खेलाडीमा समेटिएको थियो । त्यसपछि लेस्टरले ९०औं मिनेटमा निर्णायक गोल गरेको थियो । लेस्टरका हेरी म्याग्वीरेले दोस्रो गोल गरेका थिए । जितसँगै लेस्टरले ६ अंक बनाएको छ । साउथह्यामटोनको एक अंक मात्र छ । यसैगरी अन्य खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई ३-१ गोलले हरायो । कार्डिफ सिटी र हडल्स फिल्ड टाउनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.