एसिया कप छनोट : ओमनसँग भिड्दै नेपाल (अपडेट)
काठमाडौं : एसियाकप छनोट खेलमा अहिले नेपाल ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसिया क्वालालम्पुरको बायोमास रंगशालामा भइरहेको खेलमा ओमनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्ता दिएको छ ।
अपडेट : ओमानसँग एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो ।
नेपालको २०० रन पूरा भएको छ । सातौं विकेटको रुपमा सोमपाल आउट भएपछि ब्याटिङमा आएका करण केसीले विस्फोटक ब्याटि गरिरहेका छन् ।
नेपालको छैटौं विकेट गयो । ४ बलको सामाना गरेका रोहितकुमार पौडेल ० रनमै आउट भए । सागरलाई साथ दिन सोमपाल कामी आएका छन् । ४७ ओभरमा नेपालको स्कोर १८४ रन पुगेको छ । ६ विकेटको क्षतिमा सागर ८१ बलमा ७७ रन बनाएर खेलिरहेका छन् ।
नेपालको पाचौं विकेट गुमेको छ । ४५ औं ओभरको पहिलो बलमा आरिफ आउट भएका छन् । ७४ बल खेलेका उनले ३ चौका र १ छक्का सहित ३८ रन बनाए । सागर र आरिफले ९२ रनकाे साझेदारी गरे ।
४३ औं ओभरमा सागर र आरिफ दुवैले छक्का प्रहार गरेका छन् । यस ओभरमा नेपाललाई १७ रन प्राप्त भएको छ । ४४ ओभरमा नेपालको स्कोर १७२ रन पुगेको छ । सागर पुन ६८ र आरिफ ३८ रन बनाएर खेलिरहेका छन् ।
-सागर पुन र आरिफ शेखले धैर्यपूर्वक ब्याटिङ गरिरहेका छन् । ११० बलमा ६० रनको साझेदारी गरेका छन् । पछिल्ला ओभरमा स्कोर उकासी रहेका छन्। ४१ ओभरको खेल सकिँदा नेपालको स्कोर १४० रन छ । ४ विकेटको क्षतिमा ।
-नेपालको १०० रन पूरा भएको छ । ३३ ओभरमा नेपालको स्कोर १०२ पुगेको छ । क्रिजमा सागर पुन २२ र आरिफ शेख १३ रन बनाएर खेलिहेका छन् । नेपालको ४ विकेट गएको छ ।
- नेपालले खराब ब्याटिङ गरिरहेको छ । चौथो विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी आउट भएका छन् । ऐरी १६ बलमा ९ रन बनाएर आउट भए । अहिले सागर पुन र आरिफ शेख क्रिजमा छन् । २५ ओभरमा नेपालको स्कोर ८४ रन पुगेको छ ।
: उपकप्तान ज्ञोनेन्द्र मल्ल पनि आउट भएका छन् । ६० बलमा ४५ रन बनाएर आउट भएका मल्लले १ छक्का र ६ चौका प्रहार गरे । १७ ओभरमा नेपालको ५८ रन ३ विकेटको क्षतिमा
: कप्तान पारस खड्का आउट भएका छन् । २४ बलमा ८ रन बनाएर उनी पेभेलियन फर्किए । ब्याटिङ गर्न सागर पुन आएका छन्
११.५ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर ४१ रन बनाएको छ । ओपनर सुवास खकुरेल १५ बलमा ४ रन बनाएर आउट भए । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र पारस खड्का छन्।
टस गर्दै नेपाल र ओमानका कप्तान । तस्बिर सौजन्य : एसीसी
६ टोली सम्मिलित प्रतियोगिताको उपाधि विजेता एक टोली सेप्टेम्बरको १५ देखि ३० तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसिया कपका लागि छनोट हुनेछ । छनोट भएको सो टोलीले एसिया कपको समूह एमा रहेर भारत र पाकिस्तानको सिनियर राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।