रेबिज रोगबाट बच्न कुकुरलाई खोप

रेबिज रोगबाट बच्न कुकुरलाई खोप

ओखलढुंगाः चम्पादेवी गाउँपालिकाले रेबिज रोग लाग्नबाट बच्न गाउँपालिका भरिका कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउने अभियान थालेको छ। रेबिज लागेका कुकुरको टोकाइबाट पशु चौपाया मर्न थालेपछि कुकुरलाई खोप लगाउन थालिएको हो। मान्छेमा समेत संक्रमण देखिएकाले रोकथामका लागि १० नम्बर वडाबाट खोप लगाउन थालिएको बताइएको छ। 

एक व्यक्तिको ज्यान समेत रेबिजकै कारण गएपछि वडा कार्यालयले गाउँका सबै ७२ वटा कुकुरलाई जम्मा पारेर शनिबार रेबिज विरुद्धको खोप लगाएको हो। कुकुरको टोकाइ पछि रेबिज लागेर ६,१० नम्बर वडाभरिका कुकुरलाई रेबिज लगाइएको वडा अध्यक्ष उज्जन बुढाथोकीले बताए। वडाभरिका ७२ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको उनले जनाए।

केही समय अघि रानीवनको डाँडागाउँका हुबराज कार्कीको ज्यान गएको थियो भने ३ वटा पशु चौपाया समेत मरेका थिए। पशु चिकित्सकको रोहबरमा झिकाइएको ऐन्टिरेबिज भ्याक्सीन प्रतिगोटा ८५ रुपैयाँ पर्ने भए पनि किसानलाई निशुल्क उपलब्ध गराइएको अध्यक्ष बुढाथोकीले बताए। 

उनका अनुसार रानीवनमा खोप नलगाएका कुकुर घरमा पाल्न नपाइने नियम बनाइएको छ। गाउँपालिकाका अन्य वडामा क्रमश रेबिज विरुद्धको खोप दिइने गाउँपालिकाले जनाएको छ। १० मध्ये अब ९ ओटा वडामा खोप अभियान चलाइने गाउँपालिका अध्यक्ष नबराज केशीले बताए। 

महामारी नै फैलिने त्रासका कारण सबै मातहतका वडा कार्यालयलाई खोप अभियान चलाउन निर्देशन दिइएको उनले जनाए। पशु र मान्छे दुवैलाई लगाउने एन्टिरेबिज भ्याक्सिन जिल्ला भर नै अभाव हुँदा रेबिजको उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता थियो।

अहिले पनि स्थानीय तहले व्यवस्थापन नगरेका ठाउँमा उक्त भ्याक्सिन अभाव रहेको छ। चम्पादेवी गाउँपालिकाका सबै वडामा ऐन्टीरेबिज भ्याक्सीन अभियान सञ्चालन गरिने गाउँपालिका अध्यक्ष नवराज केसीले बताए।

रेबिजको महामारी फैलिने खतरा बढेकाले पालिका भित्रका सबै कुकुरलाई ऐन्टीरेबिज भ्याक्सीन लगाउन मातहतलाई निर्देशन दिइसकेको अध्यक्ष केसीको भनाई छ। ओखलढुंगा सदरमुकामसहित जिल्लाका अधिकांश स्थानमा पछिल्लो समय भुस्याहा कुकुरको बिगबिगी बढेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.