एसिया कप छनोट : ओमानविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौं : एसिया कप छनोटको पहिलो खेलमा ओमानविरुद्ध खेलिरहेको नेपालले अहिले फिल्डिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरी ओमानलाई २२२ रनको लक्ष्य दिएको नेपालले बलिङ गरिरहेको छ ।
अपडेट ः नेपालका लागि पहिलो सफलता : आठौं ओभरको दोस्रो बलमा पारस खड्काले नेपालका लागि विकेट पहिलो लिएका छन् । ओपनर अकबि इलिस २० बलमा १६ रन बनाएर आउट भएका छन् । १० ओभरमा ओमानको स्कोर ४१ रन पुगेको छ ।
७ ओभरको खेल सकिँदा बिना विकेट ओमानले ३२ रन बनाएको छ । हालसम्म नेपालका लागि सोमापाल कामीले ४ करण केसीले ३ ओभर बलिङ गरेका छन्