एसियाड : प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक रजत

एसियाड : प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक रजत

इन्डोनेसिया : इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । 

बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । नेपालले जापानी टोलीसँग झिनो अन्तरको हार भोग्न बाध्य भयो । जापानले नेपाल भन्दा केबल २७ अंक धेरै बटुल्दै स्वर्ण पदक जित्न सफल भयो । 

प्याराग्लाइडिङमा रजत जित्न सफल नेपाली टिमका सदस्य १६ वर्षीय युकेश गुरुङ । तस्बिर: रोशन राउत/अन्नपूर्ण पोस्ट्

 खेलको पाँचौ तथा फाइनल चरणको भिडन्तमा दोस्रो स्थानमा रहँदा रजत पदक जिताउने प्याराग्लाइडरहरुमा टोलीका कप्तान विमल अधिकारी तथा सदस्यहरु विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए । 

नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो ।  नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा नेपालका लागि तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् । 

सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा भाग लिँदै आएको छ । नेपालले एसियाडमा हालसम्म २४ वटा पदक जित्न सफल भएको छ । 

जसमा तेक्वान्दोतर्फ सबैभन्दा धेरै १ रजत र १३ कास्य जितेको छ भने बक्सिङबाट नेपालले ६ वटा कास्य पदक जितेको छ । त्यसैगरी अन्य तीनवटा पदक नेपालले कराँतेबाट जितेको हो । प्याराग्लाइडिङमा पनि रजत जित्न सफल भएपछि एसियाडमा नेपालको पदक संख्या २४ पुगेको हो  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.