अस्पतालको लापरबाहीले जुम्ल्याहा शिशुको मृत्यु भएको आफन्तको आरोप

अस्पतालको लापरबाहीले जुम्ल्याहा शिशुको मृत्यु भएको आफन्तको आरोप

धरान : मोरङ कानेपोखरी गाउँपालिका-३ कि २२ वर्षीया गर्भवती सरु माझीका आफन्तले अस्पतालको लापरबाहीले जुम्ल्याहा शिशुको मृत्यु भएको आरोप लगाएका छन्। 

आइतबार प्रसूति गराउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना भए पनि चिकित्सकले वेवास्था गर्दा शिशुको मृत्यु भएको आफन्तको आरोप छ। 

सरुका पती दीपक माझीले पत्नीको उपचारमा लापरबाही गर्दा जुम्ल्याहा छोरा गुमाउनु परेको दुःख पोखे। 

सरु प्रसूति व्यथाले च्यापेर छट्पटाउँदा समेत चिकित्सकले समयमा शल्यक्रिया नगरेको परिवारको आरोप छ। अस्पतालका चिकित्सकले भने उपचारमा कुनै लापरबाही नगरेको दाबी गरेका छन्।

उता सरुका पती दीपकले भने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रतिष्ठानको प्रशासनमा निवेदन दिएका छन्। चिकित्सकले घटनाबारे बाहिर नभन्न धम्कीसमेत दिएको दीपकको भनाइ छ।

अस्पताल भर्ना हुनासाथ नर्सले पाठेघरमा हात हालेपछि पानी बग्न थालेको तर चिकित्सकले शल्यक्रिया गर्न ढिलाई गर्दा शिशुको मृत्यु भएको उनको आरोप छ। 

‘चिकित्सक र नर्सको व्यवहार हेर्दा उनीहरुमा मानवीय संवेदना कतै देखिएन’, माझीले भने, ‘गर्भवतीको उपचार जस्तो संवेदनशील विषयलाई लापरबाही गर्ने चिकित्सकलाई हदैसम्मको कारबाही हुनुपर्छ।’ 

पाठेघरमा हात हाल्ने नर्सलाई चिकित्सकले गाली गरे पनि शल्यक्रियाका लागि ढिलाई गर्दा शिशुको मृत्यु भएको सरुको भनाइ छ। 

प्रतिष्ठान प्रसूति वार्डका प्रमुख डा मोहनचन्द्र रेग्मीले उपचारमा कुनै लापरबाही नभएको तर उपचारकै  क्रममा शिशुको धडकन अचानक बन्द भएको बताए। 

‘सरुको तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था नरहेको र विस्तारै पाठेघरको घर खुल्दै आएकाले सामान्य प्रसूति गराउने प्रक्रियामै थियौँ’, डा. रेग्मीले भने, ‘तर, त्यही क्रममा अचानक शिशुको घड्कन बन्द भयो। हामीले शिशुलाई बचाउन सकेनौँ।’ 

प्रतिष्ठानका निमित्त निर्देशक डा. रोहित रिजालले जुम्ल्याहा शिशुको निधन भएको विषयमा छानबिन गर्ने बताएका छन्। उनले छानबिन पश्चात सरुको उपचारमा चिकित्सक र नर्सको तर्फबाट लापरबाही ठहर भएमा प्रतिष्ठाले कारबाही गर्ने आश्वास दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.