युएर्इविरूद्ध दबाब बढाउँदै नेपाल, वसन्त र सन्दीपले लिए २-२ विकेट
काठमाडौँः एसिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत युएईविरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । मलेसियाको क्वालालाम्पुरमा बिहीबार बिहान भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङको निम्तो पाएको युएईको चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
उनले १२ बलमा ३ रन बनाएको अवस्थामा युएर्इका शाहीमान अनवरलार्इ कप्तान पारस खड्कामार्फत् क्याच गराउँदै पेभेलियन फर्काएका हुन् । यसअघि वसन्त रेग्मीले तेस्रो विकेट लिएका थिए ।
उनले चौथो क्रमका रामिद सहजादलाई ४९ बलमा ३५ रन बनाएको अवस्थामा एलबीडब्लु धरापमा पार्दै पेभेलियन फर्काए । खेलको सुरूमै सन्दीप लामिछाने र बसन्त रेग्मीले युएईका सुरुवाती विकेट लिएका थिए । युएईका ओपनर अस्फाक अहमदले ४१ बलमा ४५ रन बनाएको अवस्थामा बसन्त रेग्मीले एलबीडब्लु धरापमा पारेका थिए ।
त्यसैगरी तेस्रो क्रममा आएका युएईका रोशन मुस्ताफालाई ६ बलमा एक रन बनाएको अवस्थामा सन्दीप लामिछानेले कप्तान पारस खड्काको हातबाट क्याच आउट गराएका थिए ।
युएईले ताजा अवस्थामा २९ ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय रन ४२ पुरा गरिसकेको छ । नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको अवस्थामा दोस्रो खेलमा जित निकाल्ने दाउमा छ ।