घट्दै रोपाइँ जात्राको राैनक

घट्दै रोपाइँ जात्राको राैनक

इलाम : कालै छ जुत्ता कालै छ मोजा, कालै छ लेस पनि

रेलैमा चढी दुई गाला जोडी हेर्दै जाऊँ देश पनि

दबदबे हिलो छिपछिपे पानी धान केले रोपौंला

दोहोरी खेल्दा फरिया खुस्कियो केले छोपौंला

पाँच दशकअघि रोपाइँ जात्राका दिन यो गीतको भाकाले धेरैको मन तान्ने गरेको पाका पुस्ता बताउँछन् । मसक बाजाको धुनमा पुरुषले महिलाको भेष धारण गरी धानको बीउ हातमा लिई रोपेजस्तो गर्नु यो जात्राको मौलिक प्रचलन थियो ।

अहिले जात्राको रौनक घटेको छ । अधिकांश रोपाहार युवती देखिन्छन् । पहिलेको ‘बहुरंगी रौनक’ घट्दै गएकामा पाका पुस्तामा चिन्ता छाउन थालेको छ । मौलिक उत्सवका रूपमा पूर्वी पहाडमा मनाइँदै आएको रोपाइँ जात्रामा आधुनिकताको प्रभावसँगै उत्साह घट्दै गएको हो ।

इलाममा बिहीबार निकालिएको रोपाइँ जात्रामा पनि पहिलाजस्तो उत्साह नदेखिएको अगुवाको ठम्याइ रह्यो । ‘जात्रामा पहिलाजस्तो उत्साह अहिले देखिँदैन’, बुुद्धिजीवी युद्धप्रसाद वैद्यले भने, ‘पहिले सबैको उत्सवका रूपमा मनाइने रोपाइँ जात्रा पछिल्लो समय नेवार जातिको मात्र हो भन्ने भावना बढेसँगै सहभागिता घटेको हो ।’

सहभागिता ओरालो लागे पनि धेरै चिन्ता गर्ने अवस्था नरहेको नेवाः देय् दबुका केन्द्रीय सदस्य कमल श्रेष्ठको भनाइ छ । ‘विद्युतीय डिभाइसको प्रयोगसँगै मनोरञ्जनको शैली परिवर्तन भएको हो’, उनले भने, ‘रौनक घटेको भन्न मिल्दैन ।’

जात्रामा विभिन्न जातजातिको सहभागिता रहँदै आएको छ । पहिला किसानले खेती लगाएपछि थकान मेटाउन लागि बजारमा मनोरञ्जन गर्ने उद्देश्यले जात्राको सुरुवात गरेको केन्द्रीय सदस्य श्रेष्ठले सुनाए । इलाममा रोपाइँ जात्रा राणाकालीन समयदेखि सञ्चालन हुँदै आएको जनाइएको छ । संस्कृतिको जगेर्नाका लागि नेपाल भाषा तथा संस्कृति समाजले जात्राको संयोजन गरेको जात्रा आयोजक समितिका संयोजक सन्तोष भक्तराजले बताए ।

जात्रामा नाचिने धान नाच राई र लिम्बू जातिले नाच्ने गरेका छन् । इलाममा मनाइने धेरै जात्रामध्ये लाखे जात्रा, गाईजात्रा र रोपाइँजात्राजस्ता पर्व स्थानीय संस्कृतिको अभिन्न अंग भएको जनाइएको छ । बिहीबार इलामको माईस्थानबाट मालापथ, चोक बजार, नवीन चोक, भानुपथ, फूलगाँछी हुँदै निकुञ्जपथ, प्रकाशपथ हुँदै नारायणस्थानसम्म परिक्रमा गरी पुनः बजारमा पुगेर जात्रा समापन भएको थियो ।

सुगौली सन्धिपछि नेवारको बसोबास सुरु भएलगत्तै रोपाइँ जात्रालाई पर्वका रूपमा मनाउन थालिएको इतिहास छ, जसलाई इलामेले एउटा पुराना संस्कृतिका रूपमा मनाउँदै आएका छन् । इलामको मंगलबारे, नामसालिङ्ग., फिक्कल, दानाबारीलगायतका स्थानमा पनि धुमधामका साथ मनाउँदै आएको पाइन्छ । जात्रामा पञ्चे बाजा, न्याउली बाजा, दमाहा, टेम्को, सनही, झयाली, नरसिंहा, भ्याम्टा र धिमे बाजाको प्रयोग गर्ने गरिएको छ ।

०००

इलामको रोपाइँ जात्रामा सहभागी । तोयानाथ भट्टराई


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.