जुलोजिकल पार्कमा मृगस्थली

जुलोजिकल पार्कमा मृगस्थली

पोखरा : पोखरा जुलोजिकल पार्कमा शनिबारदेखि मृगस्थली सञ्चालनमा आएको छ । यो पार्क घाइते र अवैध रुपमा पालिएका जंगली जनावरलाई उद्धार, उपचार र पालनपोषण गरी फेरि जंगलमै फर्काउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरको आर्थिक सहयोग र स्थानीय जनसहमागितामा १७ लाख रुपैयाँको लागतमा पार्कभित्र मृगस्थली (मृगलाई राख्ने छुट्टै ठाउँ) निर्माण गरिएको हो ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्धार गरी ल्याइएका मृग र त्यहाँ जन्मेका २ महिनाको मृगको बच्चालाई छाडेर मृगस्थली उद्घाटन गरेका हुन् । मेयर जिसीले विपतमा परेका, असहाय, टुहुरा जंगली जनावरको आ श्रयस्थलका लागि जुलोजिकल पार्क सञ्चालनमा आउनु राम्रो सुरुवात भएको बताए । पार्कलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा र जनावरमैत्री बनाउन डीपीआर तयार गरेरअघि बढ्नुपर्ने खाँचो औंल्याए ।

गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरण मन्त्रालयका सचिव डा. बुद्धिसागर पौडेलले जुलोजिकल पार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सघाउने गरी प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ डीपीआर तयार पार्न छुट्याएको जानकारी दिए । अनाथ, घाइते, अवैध रुपमा पालिएका जंगली जनावरको उद्धार गरी उपचार, पालन पोषण र फेरि जंगलमा छाडिने उनले बताए । त्यसका लागि वैज्ञानिक रुपमा वन्यजन्तु उद्धार गर्न सघाउने गरी प्रदेश सरकारले ५० हजार रुपैयाँ पनि छुट्याएको सचिव पौडेलले बताए ।

२०७२ सालदेखि घाइते जंगली जनावरको उद्धार, उपचार हुँदै व्यवस्थित जुलोजिकल पार्कको रुपमा विकास हुने क्रम अघि बढ्दै गएको जुलोजिकल पार्क सञ्चालक समितिका अध्यक्ष हिमालयन बख्रेलले जानकारी दिए । पार्क निर्माणमा युनाइटेड क्लब पोखराले ४५ लाख रुपैयाँ लगानी गरेको छ । क्लबले महोत्सव सञ्चालन गरी जुलोजिकल पार्क निर्माण गर्न पहल गरेको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवं समितिका अध्यक्ष बख्रेलले बताए ।

पोखरा महानगरले २३ लाख र साविक जिल्ला वन कार्यालय कास्कीको २० लाख रुपैयाँ सहयोगमा घाइते जंगली जनावर राख्न केही पूर्वाधार निर्माण भएको समितिका महासचिव दामोदरभक्त थापाले जानकारी दिए । पार्कमा उद्धार गरी ल्याइएका ८ वटा रतुवा, जरायो १, निलगाई, स्याल, गिद्ध, बाँदर, हुचिल, चिल, वनबिरालोलगायत जंगली जनावर छन् । मृगस्थली निर्माणमा पोखरा महानगरको १३ लाख ६० हजार रुपैयाँ र जनसहभागिताबाट ३ लाख ४० लाख गरी १७ लाख रुपैयाँको लगानीमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष पुरुषोतम अधिकारीले बताए ।

कार्यक्रमा डिभिजन वन कार्यालय कास्कीका डिभिजन अधिकृत केदार बराल, संरक्षण कर्मी राजु आचार्यले जुलोजिकल पार्कमा उद्धार गरी ल्याइएका जंगली जनावरको उचित उपचार, आहारबिहार र पार्कको व्यवस्थापन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनुपर्ने बताए । पोखरा महानगर ३०, ३१ र ३२ वडाका पचभैया सामुदायिक वन, चैनपुर सामुदायिक वन र चायपानी चिसाकुना सामुदायिक वन भित्रको १ सय ४० हेक्टरमा जुलोजिकल पार्क फैलिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.