झिनो आशासहित हङकङसँग भिड्दै नेपाल

झिनो आशासहित हङकङसँग भिड्दै नेपाल

काठमाडौं : मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तगरगत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।  नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

अपडेट : निकै झिनो लक्ष्य दिएर हङकङविरुद्ध बलिङ गरिरहेको नेपालले ३ विकेट लिएको छ। सन्दीप लामिछानेले २ र सागर पुनले १ विकेट लिएका छन् । १५ ओभरमा हङकङको स्कोर ४८ रन छ ।

नेपालले खराब ब्याटिङ गर्दै हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ । नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनायो ।

नेपालको ८ औं विकेट झरेको छ । आरिफ शेख २० रन बनाएर आउट भएका छन् । सन्दीप लामिछाने ब्याटिङ गर्न आएका छन् । 

लगातार विकेट पतन हुँदा नेपाल नाजुक स्थितिमा पुगेको छ । २९ ओभरको खेल सकिँदा नेपालको स्कोर ७३ रन छ । ७ विकेटको क्षतिमा । आरिफ शेख र वसन्त रेग्मी ब्याटिङ गरिरहेका छन् । 

नेपालको चौथो विकेट गुमेको छ । ज्ञानेन्द्र मल्ल आउट भएका छन् । ब्याटिङमा सागर पुन आएका छन् । 

नेपालको तेस्रो विकेट पतन भएको छ । अनील शाह १५ रन बनाएर आउट भएका छन् । ब्याटिङमा दीपेन्द्रसिंह ऐरी आएका छन् । १६ ओभरमा नेपालको स्को ४६ रन छ । ३ विकेटको क्षतिमा 

-१४ ओभर सकिँदा नेपालको ४० र।न २ विकेटको क्षतिमा । अनील शाह र ज्ञानेन्द्र मल्ल ब्याटिङ गर्दै । 

-नेपालको दोस्रो विकेट झरेको छ । पारस खड्का १४ रन बनाएर आउट भएका छन् । ब्याटिङमा ज्ञानेन्द्र मल्ल आएका छन् । 

७ ओभरको समाप्तिमा  नेपालको २३ रन १ विकेटको क्षतिमा 

-४ ओभरमा नेपालको ६ रन १ विकेटको क्षतिमा ।

-नेपाललाई पहिलो झड्का । पहिलो ओभरको दोस्रो बलमै सुवास खकुरेल बोल्ड भएका छन । ब्याटिङका लागि पारस अाएका छन् । 

पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो । चौथो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो । 

नेपाललाई फाइलनमा स्थान बनाउँदै एसियाकपमा छनोटको सम्भावना कायम राख्न हङकङलाई जित्नैपर्ने हुन्छ । अर्काे खेलमा ओमानले यूएईलाई पराजित गरे मात्रै नेपालको अघि बढ्ने सम्भावना रहन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.